१६ जिल्लाको एसएलसी परिणाम

E-mail Print
(0 votes, average 0 out of 5)
मनोज अधिकारी, पोखरा, असार १- पश्चिमाञ्चलका १६ जिल्लामा एसएलसी परीक्षाको नतिजा मिश्रित आएको छ। केही जिल्लाले परीक्षामा प्रगति गरेका छन् भने केहीको खस्किएको छ। कुल १ लाख ५ सय १४ जनाले परीक्षा दिएकोमा ३९ हजार ६ सय ९२ जना उत्तिर्ण भए।

 
एसएलसी परीक्षामा राम्रो नतिजा ल्याउने जिल्लाहरुमध्ये 'क' वर्गमा पर्ने कास्कीले यस वर्ष पनि आफ्नो साख जोगाएको छ। यहाँ अपेक्षाअनुरुप ७१.१ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन्। मुलुकमै कुल उत्तिर्णदर निकै घटेका बेला ७० प्रतिशतभन्दा माथिको नतिजालाई सन्तोषकजनक मान्नुपर्ने जिल्ला शिक्षा कार्यालयका अधिकारीहरु बताउँछन्। गतवर्ष कास्कीले ७०.९ प्रतिशत परीक्षार्थी उत्तिर्ण गराएको थियो।
यस वर्ष कास्कीबाट विशिष्ट श्रेणीमा ८ सय ९१ र प्रथम श्रेणीमा ३ हजार ५ सय ९२ जना उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयका अधिकृत खेम पौडेलले जानकारी दिए। यहाँबाट कुल ११ हजार ७९ जनाले एसएलसी परीक्षा दिएका थिए।
यस्तै तनहुँमा ४७.८ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन्। तनहुँबाट ६ हजार ५ सय ३४ ले परीक्षा दिएकोमा ५४ जना विशिष्ट, ९ सय ९६ प्रथम, १ हजार ६ सय २ द्वितिय र १ सय २६ जना तृतिय श्रेणीमा उत्तिर्ण भए।
यस्तै स्याङ्जाबाट कुल ८ हजार २ सय ९८ जनाले परीक्षा दिएकोमा ५७.२२ प्रतिशत उत्तिर्ण भए। ५४ विशिष्ट, १ हजार २ सय ६९ प्रथम, २ हजार ३ सय २३ द्वितिय र १ सय ८३ जना तृतिय श्रेणीमा उत्तिर्ण भएको क्षेत्रीय शिक्षा निर्देशनालयका परीक्षा शाखा अधिकृत योगेन्द्र पराजुलीले जानकारी दिए।
म्याग्दीबाट ५१ विशिष्ट, ३ सय ८५ प्रथम, ७ सय ८४ द्वितिय र ४४ जना तृतियसहित ६३.४४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। यहाँ कुल २ हजार ४४ परीक्षार्थी थिए।
हिमालीपारीको जिल्ला मनाङमा यस क्षेत्रकै सबैभन्दा बढी अर्थात् ९१.२५ प्रतिशत परीक्षार्थी उत्तिर्ण भए। मनाङका २७ प्रथम श्रेणी, ४१ द्वितिय र ५ जना तृतिय श्रेणीमा उत्तिर्ण भए। त्यहाँ यस क्षेत्रकै सबैभन्दा कम अर्थात् एक मात्र केन्द्रबाट ८६ जना परीक्षार्थी थिए।
यस्तै अर्काे हिमाली जिल्ला मुस्ताङले ८७.८७ प्रतिशत उत्तिर्ण हालिस गरेको छ। कुल १ सय ३५ परीक्षार्थीमध्ये ६ विशिष्ट, ६३ प्रथम, ४६ द्वितिय र १ तृतिय श्रेणीमा उत्तिर्ण भएका छन्।
गोरखाबाट ६१.७८ प्रतिशत उत्तिर्ण भएका छन्। ५३ विशिष्ट, ७ सय ३४ प्रथम, २ हजार ५५ द्वितिय र १ सय ५१ तृतिय श्रेणीमा उत्तिर्ण भए। गोरखामा ४ हजार १ सय ९० जना परीक्षार्थी थिए।
यस्तै बाग्लुङमा १ सय ४ विशिष्ट, १ सय ६१ प्रथम, १ हजार ९ सय २१ द्वितिय र १ सय ७९ जना तृतिय श्रेणीमा उत्तिर्ण भए। बाग्लुङमा ५ हजार ८ सय ७४ जनाले परीक्षा दिएका थिए।
पर्वतमा ५३.८ प्रतिशत उत्तिर्ण भएका छन्। कुल ४ हजार ३७ जनाले परीक्षा दिएकोमा ७० जना विशिष्ट, ३ सय ७६ प्रथम, १ हजार १ सय ६६ द्वितिय र १ सय ४२ जना तृतिय श्रेणीमा उत्तिर्ण भए।
पाल्पाले तीन वर्ष लगातार कमजोर नतिजा ल्याएको छ। २०६६ मा ५५ प्रतिशत रहेको नतिजा २०६७ मा ४० हुँदै अहिले ३३.४४ प्रतिशतमा झरेको छ। यसपटक पाल्पाबाट ८२ जना विशिष्ट, ६ सय ५३ प्रथम, ९ सय ७ द्वितिय र ५३ तृतिय गरि कुल १ हजार ६ सय ९५ जना उत्तिर्ण भए। यहाँ ६ हजार ५ सय २९ परीक्षार्थी थिए।
गुल्मीबाट ३५.२१ प्रतिशत अर्थात् विशिष्ट ७०, प्रथम ६ सय ४१, द्वितिय १ सय ८५ र तृतिय २८ जना उत्तिर्ण भए। गुल्मीका ७ हजार ८ सय ८० जनाले परीक्षा दिएका थिए।
यस्तै अर्घाखाँचीबाट २६.९१ प्रतिशत अर्थात् विशिष्टमा २७, प्रथममा ३ सय ३०, द्वितियमा ६ सय ३५ र तृतिय श्रेणीमा ४३ जना उत्तिर्ण भए। यहाँबाट ६ हजार ४२ परीक्षार्थी एसएलसीमा सामेल थिए।
लमजुङबाट ३ हजार ४ सय ५९ ले परीक्षा दिएकोमा ४४ प्रतिशत अर्थात् १ हजार ३ सय ६७ परीक्षार्थी उत्तिर्ण भएका छन्। यसमा २७ विशिष्ट, ४ सय ४३ प्रथम, ८ सय ५४ द्वितिय र ४३ तृतिय श्रेणीका छन्।
तराईका तीन जिल्लामध्ये रुपन्देहीले सबैभन्दा बढी ७८.४३ प्रतिशतको उत्तिर्ण हासिल गरेको छ। यहाँ पश्चिमाञ्चलकै सबैभन्दा बढी १५ हजार ३ सय ६ परीक्षार्थी थिए। तीमध्ये ९ सय ७२ विशिष्ट, ३ हजार ६ सय ५५ प्रथम, २ हजार ९ सय २९ द्वितिय र २ सय ३७ तृतिय श्रेणीमा उत्तिर्ण भएको क्षेत्रीय शिक्षा निर्देशनालयले जनाएको छ।
यस्तै ६ हजार ४ सय १० परीक्षार्थी रहेको कपिलवस्तुले ४९ प्रतिशत उत्तिर्ण गराएको छ। यसमा ५५ विशिष्ट, ७ सय ७१ प्रथम, १ हजार ५ सय ९६ द्वितिय र १ सय ७८ तृतिय श्रेणीमा उत्तिर्ण भए।
नवलपरासीबाट ४७.८ प्रतिशतसहित ४ सय ६० विशिष्ट, २ हजार १ सय ५५ प्रथम, २ हजार ६ सय ७१ द्वितिय र २ सय ६१ जना तृतिय श्रेणीमा उत्तिर्ण भए। यहाँबाट १२ हजार ६ सय ११ जनाले परीक्षा दिएका थिए।

दृष्टिविहीन र सुस्तश्रवण सफल
कास्कीबाट एसएलसी परीक्षा दिएका सात दृष्टिबिहिनले सत्प्रतिशत उत्तिर्ण हालिस गरेका छन्। अमरसिंह विशिष्ट माविबाट परीक्षा दिएका सातमध्ये पाँचजना प्रथम श्रेणी र दुईजना द्वितिय श्रेणीमा उत्तिर्ण भएका हुन्। प्रथम श्रेणीमा उत्तिर्ण हुनेमा अर्जुन लिम्बु, सविना बराल, निर्मला सदाशंकर, सरिता लामिछाने र ज्योति नेपाली छन्। यसैगरी द्वितिय श्रेणीमा सुजन कार्की र सुदिप फ्रोउनफेल्डर उत्तिर्ण भए।
यस्तै लेखनाथस्थित सृजना बहिरा विशिष्ट माविबाट परीक्षा दिएका २० मध्ये १८ जना उत्तिर्ण भएका छन्। ५ जना प्रथम र १३ जना द्वितिय श्रेणीमा उत्तिर्ण भएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद अधिकारीले जानकारी दिए। उनकाअनुसार प्रथम श्रेणीमा उत्तिर्ण हुने विकास श्रेष्ठ, जतिन श्रेष्ठ, जवान पूर्जापुन, रामबहादुर थापा र सञ्जय कुमार दास हुन्। यस्तै द्वितिय श्रेणीमा आदर्श पौडेल, अनिता शर्मा, भूमिनन्द भट्ट, विष्णुकुमार श्रेष्ठ, दिनेशकुमार श्रेष्ठ, कमलकुमार श्रेष्ठ, मनोहर गौतम, राममाया परियार, रोशन गुरुङ, रुकुमाया थापा, सविता ढुंगाना, सीता आचार्य र सुमित्रा ढकाल उत्तिर्ण भए।
यसैबीच कास्कीमा एक विद्यार्थीले ९३.२५ प्रतिशत अंक ल्याएका छन्। पोखरा-१७ विरौटास्थित शिशु निकेतन विशिष्ट माविका रविन थापाले ल्याएको उक्त अंक जिल्लाकै उत्कृष्ट दावी गरिएको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता