पल्सर स्पोर्टस अवार्डको सहप्रायोजन तेस्रो वर्ष पनि यथावत

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार १ (नागरिक)- पल्सर स्पोर्टस अवार्डलाई डिस मिडिया नेटवर्क प्रालिले लगातार तेस्रो वर्ष सह प्रायोजन गर्ने भएको छ। स्पोर्टस अवार्ड-२०६८ असार २० गते राजधानीमा आयोजना हुँदैछ।
 
डिस मिडियाका प्रमुख कार्यकारी अधिकृत रविन्द्रमान श्रेष्ठ र मञ्चका अध्यक्ष निरञ्जन राजवंशीले बिहीबार सह प्रायोजक सम्झौतामा हस्ताक्षर गरे। सम्झौता अनुसार डिस मिडियाले अवार्डका लागि नगद २ लाख रुपैयाँ र ७८ हजार बराबरको उपकरण उपलब्ध गराउने डिसका मार्केटिङ मेनेजर कल्याण अधिकारीले जानकारी दिए। अवार्डका सम्मानित हुने आठ विधाका विजेता तथा एसएमएस भोट गर्ने मध्ये पाँच जना भाग्यशाली विजेताले ६ हजार बराबरको डिसहोमको स्मार्ट बक्स प्राप्त गर्नेछन्।
पल्सर स्पोर्टस अवार्ड नेपाली खेलकुदकै लोकप्रिय कार्यक्रम बनिसकेको चर्चा गर्दै डिस मिडियाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यसमा सहकार्यको अवसर दिएको मञ्चलाई धन्यवाद दिए।
'अवार्डले नयाँ उचाइ बनाइसकेको छ। अहिले युरो कपका कारण अवार्ड सफलतापूवर्क सम्पन्न हुने अनुमान गर्न सकिन्छ,' उनले भने,' डिस मिडिया थप विस्तार हुन सके अर्को बर्षका प्रायोजन रकम बढाउन सक्छौं।' उनले देशभरी डिस होमका ग्राहक संख्या १ लाख ३० हजार पुगेको जनाउँदै श्रेष्ठले अवार्डलगायत खेलकुद कार्यक्रमलाई डिसहोमले मेची, महाकालीदेखि हिमाल तराइ सम्म पुर्‍याएको बताए।
'डिसहोम गाँउ ठाँउमा समेत पुर्‍याउन सफल भएका छौं। अहिले जुम्ला र काठमाडौंका मानिसले उही समाचार एकै पटक हेर्न सक्छन्। यसले जनताको सुचनाको अधिकारको कदर भएको छ,' उनले थपे।
मञ्चका अध्यक्ष राजवंशीले राजनीतिक अन्यौलताका वावजुद प्रायोजक व्यापारिक संस्थाबाट सकारात्मक जवाफ पाएकै कारण विगता भन्दा दुई महिना अगाडी कार्यक्रम गर्ने हौसला मिलेको बताए।
बिगतमा भदौ २५ मा हुदैं आएको अवार्ड यस पटक अर्न्तराष्ट्रिय खेलकुद पत्रकार दिवसको अवसर पारेर असार २० मा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ। आठ बिधामा प्रदान गरिने अवार्ड अर्न्तगत एसएमएस भोटिड.का आधारमा विजेताको टुगो लाग्ने लोकप्रिय बिधामा पर्न सफल पाँच खेलाडीको मनोनयन मञ्चले यसअघि नै सार्वजनिक गरिसकेकेा छ। वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकगरि ४ विद्याका मनोनयन छिट्टै सार्बजनिक गर्ने मञ्चले जनाएको छ। अवार्डकै दिन स्पेशल, लाइफटाइम र पारा एथलिटको घोषित गरिनेछ।
वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडीले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्, भने अन्य विधाका विजेताले ३० हजार रुपियाँ र गिफ्ट ह्याम्पर प्राप्त गर्ने मञ्चले जनाएको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता