सुन तोलाको ५७ हजार नाघ्यो

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार १ (नागरिक)- अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र डलरको मजबुँदीले सुन नेपालमा हालसम्मकै महँगो भएको छ। बिहीबार सुन ५७ हजार २ सय रुपैयाँ तोलामा कारोबार भयो। बुधबारको ५६ हजार ९ सय ५० रुपैयाँ तोलामा कारोबार भएको थियो।

नेपाली बजारमा बिहीबार सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ६ सय २२ डलर रहेका बेला तोकिएको हो। बुधबार भने १ हजार ६ सय ९ डलर हँुदा मूल्य तोकिएको थियो। 'अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्नुका साथै सेयर बजार ओरालो लाग्नु र डलर बलियो हुनुले यहाँ भाउ बढेको हो,' नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने।

गत साता पनि नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको थियो। गत साताको आइतबार र बुधबार नेपाली बजारमा हालसम्मकै सबैभन्दा महँगो बनेको सुन बिहीबार र शुक्रबार सस्तिएको थियो। गत साताको आइतबार तोलाको ५६ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको सुन सोमबार र मंगलबार घटे पनि बुधबार बढेर ५६ हजार ९ सय पुगेको थियो।

युरोपमा देखिएको आर्थिक समस्याले त्यहाँको सेयर बजारमा तीव्र उतार चढाव आउँदा त्यसको असर सुनको मूल्यमा देखिँदै आएको छ। सेयर बजारमा गिरावट आउदा सुनको माग बढी सुनको भाउ बढ्छ। सेयर बजार सुध्रेका बेला माग कम भई सुनको मूल्यमा कमी आउँछ। युरोपेली अर्थतन्त्रमा स्थायीत्व नआइकन सुनको मूल्यमा स्थिरता कायम नहुने व्यवसायी बताउँछन्। नेपालमा भने अमेरिकी डलर बलियो हुँदा पनि लागत बढेर सुनको मूल्यवृद्धि हुन्छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता