जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न जुनसुकै कदम चाल्न राजनीतिक दल तयार रहेको नेपाली कांग्र्रेसका जिल्ला सभापति देवेन्द्रराज कँडेलले बताउनुभयो।
एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले), मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, तमलोपा, मजफो नेपाल, तमलोपा नेपाल, सद्भावना पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपालगायतका दलले आ-आफ्ना दलका जिल्ला, गाउँ, वडा, नगरसम्मका तहमा परिपत्र गरी सबैको घरघरमा शौचालय निर्माण गर्न परिपत्र गर्ने प्रतिबद्धता गरेका डिभिजन प्रमुख काफ्लेले बताउनुभयो।
दलले जारी गरेका नौबुँदे घोषणापत्रमा बन्द-हडताल नगर्ने, शौचालय नबनाउनेलाई कुनै पनि दलले कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न नदिने, तोकिएको समयमा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने, गाविस, नगरपालिका र जिल्ला विकास समितिले यसका लागि आवश्यक बजेट विनियोजन गर्नेलगायतका प्रतिबद्धता व्यक्त गरेका छन्। रासस
