Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

माओवादी कार्यकर्ता दुईतिर व्यस्त

E-mail Print
(3 votes, average 4.33 out of 5)
संस्थापनको आमसभा, वैद्य पक्षको राष्ट्रिय भेला-
काठमाडौँ, असार १ (नागरिक)- माओवादी कार्यकर्ताहरुलाई आज संस्थापन पक्ष र मोहन वैद्यको नेतृत्वमा रहेको विद्रोही पक्षले अलग-अलग सभामा व्यस्त बनाउने भएका छन्। संस्थापन पक्षले काठमाडौँ लगायत देशभर सभा गर्दैछ भने वैद्य पक्षले राष्ट्रिय कार्यकर्ता भेला।
 राष्ट्रिय भेलाको तयारीका लागि वैद्य पक्षका पोलिटब्युरो सदस्यहरुको बैठक आज बिहान कुपन्डोलमा बसेको छ। भेलाका लागि देशका विभिन्न भागबाट वैद्य पक्षीय कार्यकर्ताहरु काठमाडौँ आउँदै छन्। 

राज्य समिति सदस्यस्तरका कार्यकर्ताहरुको सो भेलालले पार्टीभित्रको आन्तरिक संघर्षको समीक्षा गर्दै नयाँ बाटोबाट अघि बढ्ने बारे छलफल गरी निर्णयमा पुग्ने तयारी छ। भेलामा उपाध्यक्ष मोहन वैद्यले समसामयिक राजनीतिकबारे प्रतिवेदन प्रस्तुत गर्नेछन्। 

उता, संस्थापन पक्षले भने  काठमाडौँ लगायत देशका प्रमुख सहरहरुमा आज आमसभाको तयारी गर्दैछ। काठमाडौँको टुँडिखेलमा आज दिउँसो हुने सभालाई अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री तथा उपाध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। सभाअघि काठमाडौँका विभिन्न स्थानबाट कार्यकर्ताहरुले टुँडिखेलसम्म र्‍याली निकाल्दैछन्। 

जनसभालाई सफल बनाउन दाहालले यसअघि नै विभिन्न जनवर्गीय संगठन, भ्रातृ संगठन तथा सहायक संगठनहरुलाई निर्देशन दिएका थिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता