ढिस्कोमा पुरिएर ३ बालबालिका हराए, तीन उद्दार

E-mail Print
(0 votes, average 0 out of 5)
ध्रुव दंगाल, सिन्धुपाल्चोक, असार १- जिल्लाको भोटेचौर-२ पौडलेथोकमा आज बिहान बाख्रा चराउन गएका स्थानीय तीन बालबालिकालाई ढिस्कोले पुरेको छ। ढिस्कोले पुरिएर हराइरहेकाहरुको खोजी कार्य भइरहेको छ। अरु तीन बालबालिकालाई भने गाउँलेले सकुशल उद्दार गरेका छन्।

स्थानीयका अनुसार ढिस्कोमा हराइरहेकाहरुमा १३ वर्षीय रवि कार्की, १४ वर्षीया सिर्जना खत्री र नौ वर्षीया समिक्षा कार्की छन्।

गोठाले गएको ६ जना बालबालिका लाइन लागेर धाराको पानी खाइरहेका बेला बिहान आढे आठ बजेतिर माथिबाट ढिस्को खसेर पुरेको स्थानीयबासिन्दा सिके चौलागाईँले नागरिकन्यूजलाई बताए।

धाराको माथिल्लो भाग ओसिलो थियो। छेउमा परेकाले तीन जनालाई सकुशल उद्धार गर्न सकिएको हो। सामान्य चोटपटक लागेका उनीहरुको स्थानीय स्तरमा उपचार भइरहेको छ। बेपत्ताको खोजीमा गाउँले अझै जुटिरहेका छन्।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता