बाँकेमा आगलागी हुँदा ३५ घर नष्ट, आगो अझै नियन्त्रण बाहिर

E-mail Print
(0 votes, average 0 out of 5)
बाँके, असार १- बाँकेको मटैया गाविस-८ मा आज बिहान भएको आगलागीमा परी ३५ वटा घर जलेर नष्ट भएका छन् भने आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

स्थानीय जलाल खाँको घरबाट सुरु भएको आगलागी नियन्त्रण गर्न सदरमुकाम नेपालगन्जबाट ५० किमी टाढा रहेको सो ठाउँमा दमकल गए पनि अझै पुग्न नसकेकाले आगो नियन्त्रणमा आउन नसकेको हो।

यसअघि मङ्गलबार दिउँसो सोही गाउँमा भएको आगालागीमा परी १४८ घर जलेर नष्ट हुँदा झन्डै आठ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो।

अहिले प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको र जिल्लाबाट पनि थप प्रहरी टोली पठाइएको प्रहरी उपरीक्षक विक्रमसिं थापाले बताए। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता