ससुराले बन्दुक पड्काउँदा बुहारी घाइते

E-mail Print
(0 votes, average 0 out of 5)
खलङ्गा (बैतडी), असार १-देहिमाण्डौमा बिहीबार राति घर झगडाले उग्ररुप लिँदा ससुराले भरुवा बन्दुक पड्काएपछि बुहारी घाइते भएकी छन्। सदरमुकामसँगै पूर्वमा जोडिएको देहिमाण्डौ गाविस-९ का ६७ वर्षीय प्रेमसिंह थलालले रिसको झोकमा घरमा रहेको भरुवा बन्दुक पड्काउँदा आफ्नै ३२ वर्षीया बुहारी तारा घाइते भएकी हुन्।

घाइतेलाई जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि नेपालगन्जमा थप उपचारका लागि लगिएको बैतडीका प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेलले जानकारी दिनुभयो। घाइतेको बायाँ हातमा गोली लागेको उनका छिमेकी महेश भण्डारीले बताए।

प्रेमसिंहले छोरा करनसँग झगडा भएपछि आवेगमा आएर भरुवा बन्दुक पड्काउँदा बुहारीलाई गोली लागेको बताइएको छ। अभियुक्त अहिले प्रहरी नियन्त्रणमा छन्। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता