Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

तीन बालिकालाई अनुचित कार्य गरेको अभियोगमा एक पक्राउ

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार १ (नागरिक)- तीन बालिकालाई जबर्जस्ती अनुचित कार्य गरेको अभियोगमा काठमाडौं कपनबेग बस्ने ४५ वर्षीय रहरबहादुर तामाङलाई स्थानीयबासीले समातेर प्रहरीलाई बुझाएका छन्। उनलाई कारबाही गर्न दबाब दिने उद्देश्यले प्रहरी कार्यालयमा स्थानीयहरु ओइरिएपछि केही समय स्थिति तनावपूर्ण भएको थियो।

तामाङले सोही ठाउँ बस्ने लामा थरकी ९ वर्षीया तथा भण्डारी थरका १०/१० वर्षीया बालिका गरी ३ जनालाई ललाईफकाई २/३ दिनदेखि स्थानीय मन्दिरमा लगी अनुचित कार्य गरेको भनी पीडित पक्षका आफन्तहरुले अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए।

सोही विषयलाई लिएर निजलाई कार्वाहीको माग गर्दै स्थानीय बासिन्दा महानगरीय प्रहरी प्रभाग कपनमा भेला भएकामा अभियुक्तलाई आवश्यक कारबाही गर्ने सर्तमा स्थिति सामान्य रहेको पनि प्रहरीले बुलेटिनमा जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता