दाहालद्वारा खुलामञ्चबाटै वैद्य पक्षलाई एकताको प्रस्ताव

E-mail Print
(4 votes, average 3.25 out of 5)
काठमाडौं, असार १ (नागरिक) - एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी उपाध्यक्ष मोहन वैद्यलाई एकताको प्रस्ताव पारित गरेर आउन आह्वान गरेका छन्। 'किरणजी यो सभामा हुनु भएको भए कति राम्रो देखिनेथियो,' खुलामञ्चमा बोल्दै उनले भने, 'मुलुकको संकटको घडीमा पार्टी फुटाउने काम नहोस्।' उनले वैद्यपक्षहरु भेलामा जुटिरहेको प्रसंग जोड्दै भने, 'एकताका लागि नेतृत्व परिवर्तनको छलफलका लागि पनि तयार छौं।'

अपडेट:
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै राजनीतिक दलका नेतालाई सहमतिका लागि जुट्न आग्रह गरेका छन्। 'अहिले धैर्य भएर यो देशलाई निकास दिन विवेकको प्रयोग गर्नुपर्छ। निर्वाचनमा जान र संविधान संशोधन र अन्य विकल्पमा जान पनि छलफल र सहमति नै चाहिन्छ। समस्याको समाधान राजनीतिक दलमा सहमतिबाट नै निकाल्नुपर्छ,' उनले भने, 'आज बिहान सुशील कोइरालासँग कुरा गरेर नयाँ चरणबाट सहमतिमा जानुपर्छ भनेँ। आज माधव नेपालसँग कुरा गरेर सहमतिका लागि छलफलको समय मिलाइएको छ।'
अपडेट
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेशी जनतामा माओवादीप्रति जनलहर फैलिएको बताएका छन्। जनजाति उत्पिडित सबैंले माओवादीले नै आफ्नो पहिचान जोगाउन सक्छ भन्नेमा विश्वस्त रहेको दावीसमेत गरे।
अपडेट:

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले जे बोले पनि गाली गर्ने तप्का सक्रिय रहेको आरोप लगाएका छन्। 'प्रचण्डले जे बोलेपनि त्यसलाई बङ्ग्याउनुपर्छ भनेर एउटा तप्का लागेकै छ। त्यसलाई तपाँईले पनि चिन्नु हुन्छ,' दाहालले खुलामञ्चमा भने, 'मैले नेपाली सेना शाही सेना रहेन, माओवादीको पनि सेना भएको छ जनताको सेना भएको छ भनेको थिएँ। तर, त्यसलाई बङ्ग्याइँयो। अब यहाँ बोलेको कुरा पनि के के आउँछ भोलि हेर्नुहोला।'
अपडेट:
संघियता एउटा पार्टीको मुद्दा थियो अहिले राष्ट्रको मुद्दा भयो। संविधान सभाबाट संविधान सभा बनाउन नसकेकोमा क्षमा मागिसकेका छौं। निक्कै मिहेनत गर्दा पनि गर्न नसकेको हो,' अध्यक्ष दाहालले भने।
अपडेट:
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकलम दाहालले आफ्नो सभा भब्य भएको दावी गरेका छन्। उनले भने, 'जेठ १४ पछि खुलामञ्चमा तेस्रो सभा भइसक्यो। सभामा जनताको उपस्थित। अरुले गाएको र नानीको बाबुले सुसेलेको जस्तै भयो। २६ र २७ गतेको आयोजकले गीत गाउनुभयो। यो त हामीले सुसेलेको मात्र हो गीत गायौं भने के होला ?,' उनले भने।
अपडेट:
के भने प्रधान मन्त्रीले ?
माओवादी उपाध्यक्ष तथा प्रधान मन्त्री बाबुराम भट्टराईले संविधान सभा माओवादीले विघटन गराएको आरोप लगाएर कङ्ग्रेस र एमालेले दिउसै रात पार्न खोजेको बताएका छन्। संविधान निर्माणका क्रममा मुख्य मुद्दा सङ्घीयतालाई अन्तिममा राख्‍नु आफूहरुको गल्ती भएको पनि बताए। उनले संविधानविनै संविधान सभा विघटन गर्नुपरेकामा माफीसमेत मागेका थिए।

उनले पार्टी विभाजन रोक्ने हो भने आफूले राजिनामा दिनेसमेत उद्‍घोष गरे।

आज प्रधान मन्त्रीलाई हटाउन खोज्ने विपक्षी दलहरुले भोलि राष्ट्रपतिलाई पनि हटाउन खोज्छन् भन्दै अरु दललाई पनि आफ्नै सरकारमा आउन उनले भने। अनि राष्ट्रपतिलाई असंवैधानिक कदम चाल्न नउक्साउन पनि उनले कङ्ग्रेस र एमालेलाई भने।
अपडेट:
यसअघि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कङ्ग्रेस-एमालेलाई राष्ट्रिय सहमतिका लागि जुट्न आह्‍वान गरेका थिए। राजधानीको खुलामञ्चमा भइरहेको आमसभामा उनले कङ्ग्रेस-एमाले बिना नयाँ चुनावमा जान नसक्ने भएकाले तत्‍काल सहमतिमा आउन आग्रह गरेका हुन्। उपाध्यक्ष श्रेष्ठले आफ्नै पार्टीका अर्का खेमाका नेता मोहन वैद्यलाई समेत एकताका लागि आग्रह गरेका छन्। उनले विगतका कमीकमजोरीलाई समीक्षा गर्दै अगाडि बढ्ने आश्‍वासन पनि वैद्यलाई दिलाउने बताए।

उनले नेपाली जनता पहिचानसहितको संघीयतको पक्षमा रहेकाले सबै पार्टी मिलेर त्यही अनुरुपको नयाँ संविधान ल्याउनुपर्ने बताए। त्यसको लागि सहमति गर्न अपरिहार्य रहेकाले तत्‍काल सहमति गरी मंसिर ७ मै चुनाव सफल पार्न आग्रहसमेत गरे।

उनले विगत सम्झँदै भने- 'कङ्ग्रेस-एमालेले पहिचानसहितको संघीयता मानेका भए चार वर्षको मेहनत खेर जाने थिएन।' उनले अनेक विकल्प दिँदासमेत उनीहरु नमानेकाले संविधानबिनै अवसान हुन पुगेको दाबीसमेत गरे।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता