कार्यशैली परिवर्तन नभए सरकारबाट फिर्ता हुने नेकपा संयुक्तको चेतावनी

E-mail Print
(2 votes, average 3.50 out of 5)
काठमाडौं, असार १ (नागरिक)- नेपाल कम्युनिष्ट पार्टी संयुक्तले आफैं सहभागी वर्तमान सरकार र माओवादीले आफ्नो एकाङ्की कार्यशैला परिवर्तन नगरी मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने र सर्वसत्तावादी शैलीमा अगाडि बढ्ने चरित्र प्रदर्शन गरिरहे कुनै पनि बेला सरकार परित्याग गर्नसक्ने चेतावनी दिएको छ।
 
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा संयुक्तले देश अनिर्णयको बन्दी भएको अवस्थामा सडक सङ्घर्षभन्दा पनि सार्थक स‌वादको आवश्यकता भएको भन्दै अहिलेको गठबन्धन सरकार द्वन्द्व चर्काउने दिशातिर उन्मुख भएको आरोप लगायो।

नेकपा संयुक्तले संविधान सभाको म्याद छँदै र सरकारमा सहभागी अन्य दलहरुसँग कुनै परामर्श नगरी एकलौटीरुपमा एनेकपा माओवादीले निर्वाचनको घोषणा गर्नु प्रकृयागत रुपमा त्रुटि र राजनीतिकरुपमा गलत भएको भन्दै निर्वाचन गराउने, संविधान व्युँताउने, व्यवस्थापिका संसदको निर्वाचन गराई त्यसको माध्यमबाट संविधान लेख्ने वा अन्य जुनसुकै बाटो भएपनि राजनीतिक सहमतिको आधारमा नयाँ राष्ट्रिय सहमतिको सरकार गठनपछि मात्र सम्भव भएकोले नयाँ निर्वाचन असम्भव भएको दावी गरेको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता