एमाओवादी कै कारण शान्ति र संविधान निष्कर्षमा नपुगेको खनालको दावी

E-mail Print
(4 votes, average 2.00 out of 5)
काठमाडौँ, असार १ - नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले एमाओवादी कै कारण शान्ति र संविधान निष्कर्षमा पुग्न नसकेको बताएका छन्।एमाले सञ्चार इलाका कमिटीले आयोजना गरेको अन्तर्क्रियामा  उनले संविधान जारी गर्न नसक्नुको मुख्य जिम्मेवारी सो पार्टीले नै लिनुपर्ने दाबी गरे।

संविधानसभामा ठूलो दल र सरकारको नेतृत्व गर्ने एमाओवादीले शान्ति प्रक्रियामा पनि ठोस काम गर्न नसकेको उनको भनाइ थियो।

खनालले एमाओवादीले आफ्ना लडाकूको समायोजन र व्यवस्थापन गर्न पनि आलटाल गरेको स्मरण गराए।

उनले एमाले जनजाति विरोधी नभएकाले यस तथ्यलाई मनन् गरिदिन पनि सञ्चार माध्यमसँग आग्रह गरे।

कार्यक्रममा एमालेका नेता प्रदीप ज्ञवालीले पनि एमाओवादी गम्भीर नहुँदा संविधानसभाको दुःखद् अन्त्य भएको टिप्पणी गरेका थिए।- रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता