एसएलसी फेल भएपछि एक किशोर र दुई किशोरीद्वारा आत्महत्या

E-mail Print
(0 votes, average 0 out of 5)
केपी ढुंगाना, काठमाडौं, असार १ - एसएलसी परीक्षामा असफल भएका थप तीन जनाले आत्महत्या गरेका छन्। बाँके, कञ्चनपुर र सिन्धुपाल्चोकका परीक्षार्थीले आत्महत्या गरेका हुन्। परीक्षाफल प्रकाशित भएको भोलिपल्ट बिहीबार सात किशोरीले आत्महत्या गरेका थिए। फेलकै कारण मर्नेको संख्या १० पुगेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाँके शम्शेरगंज-७ का १६ वर्षीय नेत्रबहादुर थापाले विष खाएर आत्महत्या गरेका छन्। एसएलसी परीक्षामा असफल भएका उनले बिहीबार राति विष खाएका हुन्। असक्त अवस्थामा परिवारले फेला पारेपछि उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजाँदैगर्दा बाटैमा मृत्यु भएको थियो।
कन्चनपुर, सुडा-२ की २० वर्षीया आशा रैकालले झुन्डिएर आत्महत्या गरेकी छिन्। उनले पनि बिहीबार राति घरको धुरीमा चुन्निको पासो लगाएर आत्महत्या गरेकी हुन्।
झुन्डिएको अवस्थामा फेला परेकी रैकालाई उनका दाजुले उपचारका लागि महाकाली अंचल अस्पताल लगे पनि उनको बाटैमा मृत्यु भएको थियो। सिन्धुपाल्चोक,पाँग्रेटारकी १७ वर्षीय शुसिला तिमल्सिनाले पनि बिहीबार बेलुकै डोरीको पासो लगाएर आत्महत्या गरेकी छिन्। उनी पनि एसएलसीको परिक्षामा अनुत्तिर्ण भएकी थिइन्।

बिहीबार विहान काठमाडौंमा निरुता कार्की, रुविना कार्कीले आत्महत्या गरेका थिए। धादिङ ज्यामरुङकी १७ वर्षीया रेश्मा कँडेल, विराटनगरकी मधु देवान, नेपालगन्जकी प्रतीक्षा शर्मा, पाल्पाकी सरिता राना र जनकपुरकी सेखाकुमारी सिंहले एसएलसीमा अनुत्तीर्ण भएपछि आत्महत्या गरेका छन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता