भारतीय क्रिकेट कप्‍तान महेन्द्रसिंह धोनी भोलि नेपाल आउने

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार १ - नेपालस्थित भारतीय दूतावास र नेपाल क्रिकेट सङ्घ (क्यान) को संयुक्त आमन्त्रणमा भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनी भोलि नेपाल आउने भएका छन्। धोनी बिहान ९:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने क्यानले जनाएको छ। धोनीको यो पहिलो नेपाल भ्रमण हो।

दुईदिने बसाइमा कप्तान धोनीले यु-१९ नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी, महिला राष्ट्रिय क्रिकेटर र अन्य सिनियर खेलाडीसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको क्यानका अध्यक्ष टङ्क आङबुहाङ (लिम्बु) ले बताए।

धोनीको नेपाल भ्रमण तथा उनीसँगको अनुभव साटासाट कार्यक्रमले नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने क्यानले विश्वास लिएको छ।

धोनीले कीर्तिपुरस्थित अन्तर्राष्ट्रियस्तरको त्रिवि क्रिकेट पिचको अवलोकन गर्नुका साथै पशुपतिनाथको दर्शनसमेत गर्ने कार्यक्रम छ। -रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता