Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

मिथिला विष्फोटका अभियुक्त थुनामा

E-mail Print
(0 votes, average 0 out of 5)
सुरेश यादव, जनकपुर, असार २- मिथिला राज्यको माग गर्दै जनकपुर रामानन्द चोकमा बसिरहेको शान्तिपूर्ण धर्ना कार्यक्रमा पाँच जनाको ज्यान लिनेगरी गराइएको बम विष्फोटका अभियुक्तलाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
 
जिल्ला न्यायाधिश बलभद्र बास्तोलाको एकल इजलासले विष्फोटमा संलग्न आरोपमा पक्राउ परेका चारजना अभियुक्तलाई शुक्रबार जलेश्वर कारागारमा पठाउने आदेश दिएको छ। मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को देहाय २ बमोजिम सप्तरी विषहरिया-८ का १९ वर्षीय जयप्रकाश चौधरी, महोत्तरी डामहीमडै-६ का २७ वर्षीय रिपेन्द्र झा, धनुषा भुतहीपटेर्वा-७ घर भई हाल जनकपुर-१४ बस्ने ३१ वर्षीय मुकेशकुमार कर्ण र सपही-१ बनिगामाका ३० वर्षीय सुरेशकुमार कर्णलाई पुर्पपक्षका लागि थुनामा पठाउने फैसला अदालतले गरेको छ।

नेपाल सरकार वादी रहेको मुद्दामा वादी तर्फबाट सरकारी वकिलद्वय परमेश्वर पराजुली र रामप्रसाद अधिकारीले बहस गरेका थिए। प्रतिवादी मुकेशको तर्फबाट अधिवक्ता श्यामकुमार मिश्रा, सुमनकुमार कर्ण, किशोरी साह, पवनकुमार झा र भागिरथलाल कर्णले बहस गरेका थिए। रिपेन्द्रको तर्फबाट अधिवक्ता उमेशकुमार सिंह, देवेन्द्र ठाकुर निराला र मन्सुर राइन, जयप्रकाशको तर्फबाट अधिवक्ता राजनप्रसाद दाहाल र विनोदकुमार शर्मा तथा सुरेशको तर्फबाट अधिवक्ता दाहाल र शर्मासँगै श्यामकिशोर मल्लिक र हेमन्तकुमार कर्णले बहस गरेका थिए।

गत जेठ २९ गते जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गराएको कर्तव्य ज्यान र ज्यानमार्ने उद्योग मुद्दामा शुक्रबारै बहस गरी एकदिनमै फैसला भएको हो। अदालतले फरार रहेका अभियुक्तको हकमा वारेन्ट सहितको ७० दिने म्यादी पुर्जी काट्ने निर्णय गरेको छ। मिथिला आन्दोलनमा बम विष्फोट गराएको अभियोग लागेका सप्तरी विषहरिया-८ का १६ वर्षीय आदित्य देव, महोत्तरी जलेश्वर-११ खैरा चोकका अर्जुन सिंह भनिने २६ वर्षीय मुकेश चौधरी, जलेश्वर-५ का ३० वर्षीय जितेन्द्रकुमार कर्ण र धनुषा लक्ष्मीपुर बगेबा-७ का राजन मुक्ति भनिने ३५ वर्षीय रञ्जित झा अझै फरार छन्।

घटनामा प्रयोग गरिएका तीन वटा मोटरसाइकलको हकमा लागत कसी अदालतको जिन्सीमा राख्ने जनाइएको छ। घटनामा ज २ प ९३९५, ज १ प ४७१३ र ज १ प ५७१६ नम्बरको मोटरसाइकल प्रयोग भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता