Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 05th

तत्काल स्थानीय निकायको चुनाव हुनुपर्छ : पौडेल

E-mail Print
(0 votes, average 0 out of 5)
दिलवहादुर छत्याल, धनगढी, असार २- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमतिका लागि माओवादी र मधेसी मोर्चाले ५ बुँदे सहमतिलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन्। तत्कालै स्थानीय निर्वाचनको चुनाव गर्नु पर्नेमा पनि उपसभापति पौडेलले जोड दिएका छन्।
 

धनगढीमा शुक्रबार 'वर्तमान सन्दर्भमा स्थानीय सरकार' सुदूर र मध्पश्चिमाञ्चल क्षेत्रीय स्तरको कार्यशाला गोष्ठीमा सम्बोधन गर्दै उपसभापती पौडेलले देशलाई संकटबाट निकाश दिन दलहीबीच सहमति हुनुपर्ने बताए।

'दलहरुबीच सहमति भयो भने देश संकटबा निकास हुनसक्छ। सहमतिका लागि ५ बुँदे सहमती लागू हुनुपर्छ,' उनले भने। उनले देशमा नयाँ किसिमले भइरहेको धुव्रीकरणबाट जोगाउन पनि दलहरुबीच सहमति आवश्यक भएको बताए। सहमतिका लागि दलहरुबीच भएको ५ बुँदे सहमति लागू गर्नुपर्नेमा उनको जोड छ।

'देश जुन किसिमले ध्रुवीकरणमा जान खोज्दैछ, त्यसले पैदा हुन सक्ने अवस्था जोगाउन पनि ५ बुँदे सहमति लागू हुनुपर्छ,' उनले भने, 'माओवादी, मधेसी मोर्चा दलहरुबीच भएको ५ बुँदे सहमति लागू गर्न तयार हुनुपर्छ।

'संघीयाताको मतलब २२, २४ राज्य बनाउने होइन्। यो भनेको नव सामन्त जन्माउनु हो। नवसामन्तवाद लागू गर्नु हो,' उनले भने, 'सिंहदरवारमा केन्द्रित अधिकारलाई गाउँ गाउँमा लगेर बढीभन्दा बढी जनतालाई अधिकार सम्पन्न बनाउन संघीयातामा जाने भनेको हो।
यसैगरी उनले तत्काल स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। स्थानीय सरकार बलियो नभएसम्म देशको विकास नहुने उनको भनाई थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता