मेधावी छात्रलाई 'एक्सन नायक'को बधाई

E-mail Print
(0 votes, average 0 out of 5)
खिलानाथ ढकाल, विराटनगर, असार २- नेपाली सिनेमाका चर्चित एक्सन नायक अर्जुन कार्की शुक्रबार बिहान करिब १० बजे अरूण कालिकोटेको घर खोज्दै थिए। एसएलसी परीक्षामा ९४.८ अंक ल्याएका कालिकोटेलाई भेटेर शुभकामना दिने योजना थियो कार्कीको।
 

तर कालिकोटे ९ बजेकै फ्लाइटमा काठमाडौं उडिसकेका रहेछन्। अर्जुन त्यसपछि अर्का उत्कृष्ट छात्र आवेशजंग कार्की (९४.५)को घर खोज्दै विराटनगर-१२ तीनटोलिया पुगे। घरमै गएर अर्जुनले फुलमाला लगाएर बधाई दिए। 'लौ तपाईंलाई सफलताको शुभकामना,' आवेशजंगलाई माला लगाइदिँदै कार्कीले भने, 'उत्कृष्ट अंक ल्याएर नेपालको गौरब बढाउनु भएको छ।'

कार्की सुटिङ वा अन्य कुनै फिल्मी कार्यक्रमको प्रचारप्रसारका लागि विराटनगर आएका थिएनन्। एलएलसीका मेधावी छात्रलाई भेटेर बधाई दिने इच्छाले उनको ध्यान विराटनगर तान्यो। हत्तपत्त कार लिएर काठमाडौंबाट विराटनगर आएका उनी मेधावी छात्रलाई भेटेर बधाई दिनासाथ फर्किहाले।

'दुबै जनालाई भेटेर बधाई दिने रहर थियो,' कार्कीले नागरिकसँग भने, 'तर एक जनासँग मात्र भेट्न पाएँ, तै पनि खुसी नै लाग्यो।' मोरङ नै घर भएका नायक कार्की एसएलसी परीक्षामा गृहजिल्लाका छात्रले पूर्वाञ्चलकै गौरब बढाएकोले बधाइ दिन आइपुगेको बताउँछन्। 'उनीहरूको सफलताले अहिले सम्पूर्ण नेपालकै ध्यान आकर्षित गरेको छ,' कार्कीले भने, 'पूर्वाञ्चलको गौरब बढाएको छ।'

कार्की आफ्ना सहकर्मी हिक्मत थपलियालाई समेत साथमै लिएर आएका थिए। काठमाडौं खेलकुद विकास समिति अध्यक्ष रहेका कलाकार थपलिया भने आफ्नो लगानी रहेको कलेजको विज्ञापन गर्न हिँडेका रहेछन्। नेपालकै उत्कृष्ट कलेज भनेर चिनिने पिरामिड इन्टरनेशनल कलेजको 'ब्रोसर'सहित आएका हिक्मत प्रचार-प्रसारमा व्यस्त देखिन्थे भने नायक कार्की बधाइ दिन।

'उहाँको टपर विद्यार्थी भेट्ने रहर, मेरो कलेजको विज्ञापन गर्ने,' थपलियाले भने, 'दुबैको काम एकैचोटी हुने भएकाले सँगै आयौं।' हिक्मतले आवेशजंगलाई आकर्षित पार्न ब्रोसर देखाउन मात्र नभएर कलेजका अध्यक्ष दिवश शाक्य र प्रिन्सिपल प्रोफेसर प्रेमबहादुर खत्रीसँग पनि टेलिफोन सम्पर्क गराए। पछिल्लो चलचित्र 'बजार' प्रदर्शनपछि नयाँ चलचित्रको तयारीमा रहेको बताए। 'तर म कुनै फिल्मी कार्यक्रमका लागि विराटनगर आएको होइन,' कार्कीले भने।

नायकसँगको भेटमा आवेशजंगले विज्ञान विषय पढ्ने इच्छा रहेको सुनाए। तर कहाँ पढ्नेबारे उनी अझै अन्योलमा छन्। 'कहाँ र कुन कलेज पढ्नेबारे सोचेकै छैन,' कार्कीले भने, 'बधाई र शुभकामनाको ओइरोले कलेजतिर ध्यान गइसकेको छैन।'
कार्की पढाईमा दिनरात मिहेनत गरेर मात्र नपुग्ने धारणा राख्छन्। रूटिन मिलाएर पढ्नुपर्ने र बेला बेलामा मनोरञ्जन, आराम लिनुपर्ने बताउँछन्। 'परीक्षाको बेलामा चाहिँ निक्कै घोकें,' १६ वर्षीय कार्कीले सुनाए, 'आजसम्म ट्युसन लिनुपरेको छैन।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता