Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

नीति-कार्यक्रम आयो, बजेट आएन

E-mail Print
(0 votes, average 0 out of 5)
भीम चापागाईं, इलाम, असार २- सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा इलाम नगरपालिकालाई हरितनगरका लागि सहयोग गर्ने योजना भाषणमै सीमित भएको छ। सरकारले बजेट भाषणमा हरितनगरको पूर्वाधार विकासका लागि सहयोग गर्ने जनाए पनि त्यो शीर्षकमा अहिलेसम्म एक रुपैयाँ पनि नआउँदा हतिरनगर अभियानमै असर पुगेको नगरपालिकाले जनाएको छ।
 

नगरपालिकाका कार्यकारी अधिकृत अग्नि अधिकारीले सरकारले नीति तथा कार्यक्रममै घोषणा गरेपनि चालू वर्षमा मन्त्रालयबाट हरिनगरको पूर्वाधारमा कुनै रकम नआएको बताए। उनले नीति तथा कार्यक्रममा आएपछि बजेट आउनु अनिवार्य भए पनि मन्त्रालयले किन बजेट पठाएन भन्ने थाहा हुन नसकेको बताए। अधिकारीले भने, 'बजेट भाषणमा आएपनि बजेट कार्यान्वयनमा नआउँदा हरितनगरका पूर्वाधार विकास गर्न सकिएको छैन। आन्तरिक श्रोतले पनि नधानेपछि हरितनगर कसरी सफल बनाउने भन्ने गम्भीर समस्या पैदा भएको छ।'

हरितनगरको विकासमा लागेका स्थानीय नागरिक सरकारले पनि यो अभियानलाई सहयोग गर्ने भएपछि उत्साहित थिए। तर, सरकारको योजना भाषणमै सीमित भएपछि उनीहरु यसका लागि सरकारलाई पुनः दबाब दिनुपर्ने बताउन थालेका छन्। हरितनगरको विकासका लागि वातावरणमैत्री पूर्वाधार विकास गर्ने योजना सरकारको सहयोग नहुँदा अलपत्र पर्दै गएको कार्यकारी अधिकृत अधिकारीले बताए।

नगरपालिकालाई हरितनगरका रुपमा विकास गर्न तीन वर्षयता विभिन्न प्रयास भइरहेका छन्। नगरपालिका, इलाम उद्योग वाणिज्य संघ र अन्य सरकारी तथा गैरसरकारी निकायहरुको पहलमा नगरलाई हरितनगर बनाउने पहल भएको थियो। तर, आर्थिक श्रोतको अभावले योजनाअनुसार काम हुन नसकेकाले अभियानलाई कसरी अघि बढाउने भन्ने चिन्ता लागेको सरोकारवाला संघसंस्थाले जनाएका छन्।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट भने आउन नसक्नु विडम्बना भएको बताए। उनले नागरिकसँग भने 'भाषण एउटा र कार्यान्वयन अर्कै गर्ने हामीमा परम्पराजस्तै भएकाले इलाम नगरपालिका पनि त्यसको शिकार भएको हो। लोकप्रिय र उदार हुन भाषण गरिदिने तर श्रोत चाहीं विश्लेषण नगर्ने नजिरले बजेट आउन नसकेको हो।'

उनले चालु वर्षमा ७५ जिल्लाका एक-एक गाउँलाई नमूना बनाउने योजना पनि भाषणमै सीमित भएको बताए। थपलियाले आउँदो वर्ष भने हरितनगरको विकासका लागि स्थानीयस्तरमा वातावरण प्रशासन एवं सुदृढिकरण (सीम-एन) परियोजनामार्फत १५ लाख र हरितनगरउन्मुख नगरपालिकालाई दुई करोड रुपैयाँ दिने प्रस्ताव आइरहेको पनि खुलाए। उनले भने 'प्रस्ताव पारित हुने या नहुने अहिल्यै भन्न सकिन्न तर पारित भए आउँदो वर्ष भने ती नगरपालिकामा हरितनगरका लागि रकम जानेछ।'

यसैबीच, इलाम नगरपालिकाको हरितनगरको पाँच वर्षे रणनीतिक योजना अन्तिम चरणमा पुगेको छ। नगरपालिका कार्यालयले यसअघि स्थानीय सरोकारवालाहरुको सहभागीतामा तयार गरेको योजनालाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसमेतको सहकार्यमा अन्तिम रुप दिने भएको हो।

नगरपालिकाले सरकारका पूर्व सचिव खेमराज नेपाल, मन्त्रालयका उपसचिव तिलक पौडेल, वातावरणविद् तथा एडिबीका परामर्शदाता सूर्यमान शाक्य र एसिमोडका परामर्शदाता राघवराज रेग्मीलगायतको सहभागीतामा रणनीतिक योजनालाई अन्तिम रुप दिन शुक्रबारदेखि सदरमुकाममा दुई दिने गोष्ठी गरिरहेको छ।

नगरपालिकाको वातावरण शाखाका कमल मैनालीले यसअघि तयार भइसकेको रणनीतिक योजनालाई अन्तिम रुप दिन मन्त्रालयका प्रतिनिधिसहितको गोष्ठी आयोजना गरिएको बताए। उनले भने 'नेपालमै पहिलो हरितनगर घोषणा हुने लक्ष्यसहित राण्नीतिक योजना तयार पारिएको छ।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता