Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

अनुपमालाई ९२.८७ प्रतिशत

E-mail Print
(1 vote, average 1.00 out of 5)
रुबी रौनियार, काठमाडौं, असार २- यस वर्षको एसएलसीमा ९२.८७ प्रतिशत ल्याई भिएस निकेतन उच्च मावि काठमाडौंकी अनुपमा थापा छात्रातर्फ सर्वोत्कृष्ट भएकी छन्।

१५ वर्षे यी छात्राले कुल ८ सयमा ७ सय ४३ अंक प्राप्त गरेकी छन्। उनले ऐच्छिक गणितमा ९९, विज्ञानमा ९८, अनिवार्य गणितमा ९६, अंग्रेजीमा ९६, नेपालीमा ८५, सामाजिकमा ८५, स्वास्थ्य तथा जनसंख्यामा ९० र लेखामा ९४ अंक ल्याएको स्कुलका प्रिन्सिपल बाबुराम पोखरेलले बताए।

'अनुपमा ९२.८७ प्रतिशत ल्याएर छात्रातर्फ सर्वोत्कृष्ट भएकी छन्,' पोखरेलले भने, 'शिक्षकको सक्रियता, विद्यार्थीको मिहिनेत र व्यवस्थापनको पूर्ण सहयोगले राम्रो नतिजा आएको हो।'

विज्ञान र गणित विषय मन पराउने अनुपमाले भनिन्, '९२ प्रतिशतभन्दा बढी ल्याउँछु भन्ने आत्मविश्वास थियो।' कक्षामा शिक्षकले पढाएको विषयवस्तु राम्ररी बुझेर दैनिक ५ घन्टा पढे पुग्ने उनको भनाइ छ।
'पढाइसँगै अतिरिक्त क्रियाकलापमा सहभागी भए रिफ्रेस भइन्छ,' उनले भनिन्, ...अनि पढ्न मन लाग्छ।' उपन्यास पढेर र अंग्रेजी सिनेमा हेरेर रमाउने उनले बताइन्।

घरमा बुवाको प्रेरणा र स्कुलका शिक्षकको सहयोगलाई उनले आफ्नो सफलताको श्रेय दिइन्। उनले नेपाल टेलिभिजनमा नामक 'हिँड्दाहिँड्दै' बाल कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। 'मलाई कर्णाली तथा ग्रामीण भेगमा औषधिउपचार नपाएर धेरैले ज्यान गुमाएको खबर सुन्दा दुःख लाग्थ्यो,' उनले नागरिकसँग भनिन्, 'त्यही भएर मैले डाक्टर बनी यस्ता क्षेत्रका जनतालाई निःशुल्क सेवा गर्ने अठोट लिएकी छु।'

बुवा दिनेशविक्रमले छोरी एसएलसी सर्वोत्कृष्ट छात्रा भएकामा गर्व लागेको सुनाए। 'सानैदेखि अनुशासित र प्रतिबद्ध स्वभावकी छन्,' उनले भने, 'उनले इच्छाएकै विषय पढाउँछु।'

राष्ट्रिय वाणिज्य बैंकका अधिकृत थापाको जन्मथलो गुल्मी हो।
स्कुलकी संयोजक पुष्पा सिंहले अनुपमा स्कुलमा कक्षा २ देखि नै प्रथम हुनुका साथै हरेक क्रियाकलापमा उत्कृष्ट हुँदै आएको बताइन्। 'सुटिङमा जाँदा शुक्रबार उनको पूरै कक्षा छुट्थ्यो,' उनले थपिन्, 'कक्षामा पढाएको कुरा ध्यान दिएर सुन्ने र बुझ्ने भएकाले सर्वोत्कृष्ट भइन्।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता