६५ हजार भुटानी शरणार्थीको पुर्नस्थापन

E-mail Print
(1 vote, average 5.00 out of 5)
काठमाडौं, असार १ (नागरिक)- तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत पूर्वी नेपालका शिविरमा रहेकामध्ये ६५ हजार भुटानी शरणार्थीको पुनर्स्थापन विभिन्न देशमा गरिएको शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालयले जनाएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयका उप उच्चायुक्त थोमस एजेक्जेन्डर एलिनिकोफले उक्त जानकारी दिएका हुन्।

'हालसम्म ६५ हजार भुटानी शरणार्थीको विभिन्न देशमा पुनर्स्थापन गरिसकिएको छ,' एलिनिकोफले भने, 'यस वर्ष थप १५ हजार भुटानी शरणार्थी तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत लैजाने योजना छ।'

एलिनिकोफका अनुसार अब पूर्वी नेपालका विभिन्न शिविरमा ४८ हजार भुटानी शरणार्थी छन्। बाँकीमध्ये ९० प्रतिशतभन्दा बढीले तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत पुनर्स्थापित हुन चाहेका उनले बताए। पुनर्स्थापन गरिएमध्ये सबैभन्दा बढी ५४ हजार शरणार्थीलाई अमेरिका लगिएको उनले जनाए।

'हामी छिट्टै पूर्वी नेपालका शिविरमा रहेका भुटानी शरणार्थी र स्थानीय दुवै लाभान्वित हुनेगरी विशेष कार्यक्रम घोषणा गर्दैछौं,' एलिनिकोफले जानकारी दिए। तर कस्तो कार्यक्रम भन्नेबारे उनले खुलाउन चाहेनन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता