सात विद्यालयको प्रवेशिका नतिजा शून्य

E-mail Print
(1 vote, average 5.00 out of 5)
विराटनगर, असार २-मोरङ जिल्लाका सातवटा विद्यालयको यस वर्षको एसएलसी परीक्षा परिणाम शून्य रहेको छ। तीमध्ये छवटा सामुदायिक र एउटा संस्थागत विद्यालय रहेका छन्।

जिल्ला शिक्षा कार्यालयका अनुसार सामुदायिक विद्यालयमा कल्याणकारी मावि सिंहदेवी, शिक्षा सदन मावि वयरवन, भोगटेनी मावि भोगटेनी, रामपुर मावि भोगटेनी, महेन्द्र मावि मझारे, सार्वजनिक मावि वैजनाथपुर र संस्थागतमा बालवाटिका बोर्डिङ स्कुलबाट कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।

कार्यालयबाट उपलब्ध विवरणअनुसार यस वर्ष जिल्लामा नियमिततर्फ ४५ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी कुल १५ हजार ४८६ विद्यार्थीमध्ये ६ हजार ९४२ मात्र उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेहरुमा विशिष्टतर्फ ९१२, प्रथम श्रेणीमा तीन हजार १९७, द्वितीयमा दुई हजार ५३१ र तृतीय श्रेणीमा ३०२ जना उत्तीर्ण भएका बताइएको छ।

बालकल्याण विद्या मन्दिर विराटनगर-१५ का विद्यार्थी अरुण कालिकोटले यस वर्षको एसएलसी परीक्षामा नेपालमै सर्वोत्कृष्ट उच्च स्थान हासिल गरेको विद्यालयले जनाएको छ। उनले ७५९ अर्थात् ९४ दशमलव ८७ अङ्क हासिल गरेका विद्यालयले जनाएको छ।

यसैबीच, परीक्षामा उनुत्तीर्ण भएकोमा एक छात्राले आत्महत्या गरेकी छिन्। विराटनगर-२० बस्ने छात्रा मधु देवानले मुसा मार्ने विष सेवन गरी आत्महत्या गरेकी प्रहरीले जनाएको छ। कोसी अञ्चल अस्पतालमा उपचारका क्रममा निजको मृत्यु भएको हो। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता