बिहानै कोइराला निवास पुगे अध्यक्ष दाहाल

E-mail Print
(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार २- कांग्रेस सभापति सुशील कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे आज बिहान भेटवार्ता भएको छ। संविधानसभा भङ्ग भएपछि यी दुई प्रमुख नेताहरुबीच मुलुकमा उत्पन्न राजनीतिक सङ्कटका बारेमा पहिलोपटक छलफल भएको हो।

कोइराला निवास महाराजगञ्जमा भएको सो छलफलमा दुवै नेताहरुले सहमतिको विकल्प नभएकामा जोड दिँदै अबको राजनीतिक निकासका लागि सहमतिबाटै अघि बढ्नुपर्ने बताएका छन्।

छलफलपछि पत्रकारसँग कुरा गर्दै एमाओवादी अध्यक्ष दाहालले संविधान निर्माण होस् या सरकार गठन, जुनसुकै विषयमा पनि सहमति गरेर जानुपर्ने बताए। 'संविधान निर्माणका क्रममा धेरै विषयमा सहमति भइसकेको र बाँकी विषयमा पनि सहमति गर्नुपर्छ' उनले भने।

अध्यक्ष दाहालले अब आ-आफ्नै पार्टीभित्र अन्तर छलफल गरेर पुनः वार्तामा बस्ने उल्लेख गर्दै आजको वार्ता सौहार्दपूर्ण वातावरणमा भएको बताए।

यसैगरी, सभापति कोइरालाले विगतमा भएको पाँचबुँदे सहमतिको भावनाअनुसार अघि नबढ्दा अहिले राजनीतिक सङ्कट आएको बताए।

'दलहरुबीच पछिल्लो पटक भएको पाँचबुँदे सहमति कार्यान्वयन गरेर अहिलेको राजनीतिक सङ्कटको मार्ग प्रशस्त गर्नुपर्छ' उनले भने।

नेपाली कांग्रेसले जहिले पनि एकता, मेलमिलाप र सहमतिमा जोड दिँदैआएको उल्लेख गर्दै उनले पाँचबुँदे सहमति कार्यान्वयन नहुँदा दलहरुबीच विश्वासको सङ्कट बढेको र त्यसको जिम्मेवार माओवादी भएको बताए। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता