ट्याक्सी दुर्घटनामा ५ घाइते, दुईको अवस्था गम्भीर

E-mail Print
(0 votes, average 0 out of 5)
दमौली, असार २-पोखराबाट काठमाडौँ जाँदै गरेको ट्याक्सी पृथ्वी राजमार्गअन्तर्गत जामुने गाविस-१ को गुणादीमा आज बिहान दुर्घटना हुँदा ट्याक्सीमा रहेका पाँचजना यात्रु घाइते भएका छन्। दुर्घटनामा परी ग१ज २३०० नं.को ट्याक्सी चालक शक्ति गुरुङ बेहोस छन् भने १३ वर्षीय सञ्जु गुरुङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कास्की लेकसाइडका ५३ वर्षीय माइला गुरुङ, ३५ वर्षीय मीना गुरुङ र १४ वर्षीय सविन गुरुङ सामान्य घाइते भएका छन्।

घाइतेहरुलाई दमौलीस्थित एपोलो अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरु एकै परिवारका हुन सक्ने प्रहरीको अनुमान छ। तीव्र गतिमा गुडेका कारण ट्याक्सी अनियन्त्रित भइ सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता