विदेश जाँदा विपक्षीहरुले प्रधान मन्त्रीलाई विमानस्थलमा घेराउ गर्ने

E-mail Print
(2 votes, average 3.00 out of 5)
गोविन्द परियार, काठमाडौं, असार २- प्रमुख प्रतिपक्षीलगायत् २७ दलले असार ५ देखि २५ सम्म सरकारविरुद्ध मसाल जुलुस, विरोध जुलुस, आमसभालगायत् आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। उनीहरुले विदेश जान लागेका प्रधान मन्त्रीविरुद्ध विमानस्थलमा कालो झण्डा देखाउने निर्णय पनि गरेका छन्।

शनिबार बिहान बसेको २७ दलको बैठकले राष्ट्रिय समस्या यथावत् राखी प्रधान मन्त्री विदेश भ्रमणमा जान लागेको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा घेराउ तथा कालो झण्डा देखाउने निर्णय गरेको छ। 'अहिले मुलुक समस्याहरुको थुप्रोमा रहेका बेला प्रधान मन्त्री विदेश सयरमा जानु राज्यको ढुकुटी रित्ताउने मात्रै मेसो हो', बैठकमा सहभागी कङ्ग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नागरिकसँग भने- प्रधान मन्त्रीको भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल घेराउ तथा कालो झण्डा देखाउने निर्णय भएको छ।

प्रधान मन्त्री ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो प्लस ट्वान्टी सम्मेलनमा भाग लिन जाँदैछन्।

बैठकले असार ५ देखि २५ गतेसम्म विरोध प्रदशन, सरकारविरुद्ध सयुक्त आमसभालगायतका कार्यक्रम पनि घोषणा गरेको छ।
बैठकले कङ्ग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले महासचिव ईश्वर पोखरेल र राप्रपा महामन्त्री दीपक बोहार रहेको आन्दोलन परिचालन समिति पनि गठन गरेको छ। 
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता