Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 05th

पुजारी हत्यामा संलग्नको पहिचान भयो : प्रहरी

E-mail Print
(1 vote, average 4.00 out of 5)
शेरबहादुर केसी, बुटवल, असार २- डेढ महिना अघि नवलपरासीको त्रिवेणीमा भएको पुजारी हत्याकाण्डका अभियुक्तको पहिचान भएको प्रहरीले जनाएको छ। उनीहरु नेपाली भएको र सीमावर्ती भारतीय बजारमा लुकीछिपी बस्दै आएको अनुसन्धाननमा संलग्न नवलपरासीका प्रहरी अधिकारीहरुले जनाएका छन्।

‘हत्यामा संलग्न अभियुक्तहरु छिट्ट्रै पक्राउ पर्दछन्,-नवलपरासीका एसपी ज्ञानविक्रम शाहले नागरिकलाई भने। हत्यामा संलग्नहरुको सबै विवरण खुले पनि अनुसन्धानमा प्रभावित पर्ने भन्दै प्रहरीले विस्तृत विवरण खुलाउन नसकिने जनाएको छ।

नवलपरासी जिल्लाको त्रिवेणी सुस्ता गाविस-३ बैष्णव टोलमा रहेको रामजानकी मन्दिरका ७८ वर्षीय पुजारी बलदेवदास चौधरीको बैशाख १७ गते राति हत्या भएको थियो। राति मन्दिरमा बास बस्ने बहानामा आएका तीन युवाले जुस भन्दै विषालु पदार्थ खुवाएर बेहोश बनाई पुजारी चौधरीको हत्या गरेको थियो।

इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक डम्वर तामाङले घटनाको अनुसन्धानमा निकै प्रगति भएको बताए। ‘अनुसन्धानका क्रममा धेरै कुरा खुलेका छन्। आशा गरौं केही दिनमा नै अभियुक्तहरु पक्राउ पर्ने छन्-उनले भने।

पुजारीको हत्या भएपछि त्रसित स्थानीय गाउँलेले घटनामा संलग्न भएकाको पहिचान गरी पक्राउ गर्न प्रहरीलाई दवाव दिदै आएका छन्।‘संलग्नहरु छिट्टै पक्राउ पर्दछन् भनेर प्रहरीले भनेको छ, उनीहरु पक्राउ परे मात्रै हामीलाई शान्तिको अनुभूति हुने थियो- मन्दिर नजिकैकी बासिन्दा रमना गौतमले भनिन्।

मन्दिरमा बास बस्न आएका तीन युवाले विषालु पदार्थ खुवाउदा पुजारी चौधरीको परासी अस्पतालमा उपचार गर्दागदै ज्यान गएको थियो। बेहोस भएकी भक्तिनी जानकी दासको अर्को दिन होस खुलेको थियो।

उनीहरुलाई बेहोस बनाएपछि मन्दिरमा रहेका विष्णु र कृष्णका पित्तलका दुई मूर्ति चोरी गरि ती युवा भागेका थिए। पुजारी बलदेवदासको हत्या भएपछि मन्दिरको नियमित पूजा चलाउने जिम्मेवारी पाएका ५२ बर्षीय देवनारायण थारुले हत्यामा संलग्न पक्राउ परे आफूहरु शान्तिसँग बाच्न पाउने बताए। बलदेवदासका अनुयायीहरुमध्ये सबैभन्दा जेठा नवलपरासीको दाउन्ने गाविस गंगावस्तीका देवनारायण भएकाले उनलाई पुजारीको जिम्मेवारी दिइएको हो। देवनारायणले २५ वर्षदेखि बाबा बलदेवदासको अनुयायी थिए।

मन्दिरमा लामो समयदेखि बस्दै आएकी ६८ बर्षीय जानकीदेवी दास उपचार पछि मन्दिरमै फर्केकी छिन्। घटनामा संलग्न बारे धेरै सूचना पाउने आशा गरेको प्रहरीले उनीबाट प्रयाप्त सूचना नपाएको जनाएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता