फर्किए गोविन्द मैनाली, छोरो देख्दा आमाका आँखामा आँसु (भिडियोसहित)

E-mail Print
(2 votes, average 3.00 out of 5)

सुरेन्द्र पौडेल/मदन चौधरी, काठमाडौं, असार २- जापानी महिलाको वलात्कारपछि हत्या गरेको आरोपमा पन्ध्र वर्षदेखि जापानी जेलमा रहँदै आएका गोविन्द मैनाली नेपाल फर्किएका छन्। १५ वर्षपछि छोरोलाई विमानस्थलमा देखेर उनकी आमाका आँखामा आँसु छचल्किए। छोरी र पत्नी सहित फर्किएका मैनालीलाई परिवार सदस्यले फूलमाला लाएर स्वागत गरेका थिए।

ओर्लनासाथ मैनालीले पहिला विमानस्थलमा ओर्लनासथ उनले आमासँग अंकमाल गरेका थिए। निकै प्रशन्न मुद्रामा देखिएका उनले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिए। 'खुशी लागेको छु। यो खुशी शब्दमा व्यक्त गर्न सक्दिन', उनले भने। मैनालीले जापानी जेल प्रकरण बारे आजै साँझ ५ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने जानकारी दिए। पत्रकार सम्मेलन युनियन हाउस अनामनगरमा हुनेछ।

मैनालीको स्वेदश फिर्ती बारे चासो राख्दै ठूलो संख्यामा स्वेदशी-विदेशी मिडियाका सञ्चारकर्मी विमानस्थल पुगेका थिए। सञ्चारकर्मीहरुको ठूलो उपस्थिति व्यवस्थित हुन नसक्दा प्रहरीले पत्रकारमाथि बल प्रयोग गरेको छ।

वलात्कार तथा हत्यामा उनको संलग्नता रहेका प्रमाणहरु फेला नपरेपछि टोक्यो उच्च न्यायालयले उनको मुद्दा पुनरावलोकन गर्ने आदेश दिएको थियो। यो आदेशसँगै उनलाई जेलबाहिरै रहेर मुद्दा लड्ने अधिकार मिलेको हो।

भिडियो हेर्नुस् :
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता