Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 05th

सङ्घीयता विरोधी आफ्नै नेताहरु सङ्घीयताकै मसिहा बनेको देख्दा अचम्म : माओवादी नेता वैद्य

E-mail Print
(10 votes, average 3.20 out of 5)
किरण पुन, काठमाडौं, असार २ - एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले पहिचान हराएको पार्टीमा बस्नुभन्दा नयाँ पहिचानसहितको पार्टी निर्माण अहिलेको अनिवार्य आवश्यकता भएको बताएका छन्। उनले पार्टीहरु देश र जनताका निम्ति हुनुपर्नेमा आफ्नै नेताहरुले पार्टीलाई देश र जनताका विरुद्ध प्रयोग गरेकाले त्यो पार्टीमा रहिरहनुको कुनै औचित्य नहुने बताए।
  'हाम्रो पार्टी नेतृत्व देश र जनताका विरुद्ध गयो, हामी नयाँ पार्टी निर्माण गरेर आम जनतालाई एकताबद्ध गरेर जान्छौं- वैद्य पक्षको राष्ट्रिय भेलामा उनले भने। उनले माओवादीका नेताहरु असफल भइसकेकाले अब यो भेलाले नयाँ नेतृत्व खोज्ने दाबी पनि गरे।

प्रचण्ड-भट्टराईजीले पहिचानसहितको सङ्घीयताविरुद्ध सम्झौता गरिसकेका पनि उनले आरोप लगाए। ८ प्रदेश र नाम सीमाङ्कनबिनाको ११ प्रदेशमा सहमति गर्नेले अहिले सङ्घीयताका मसिया बनेको देख्दा आफूलाई अचम्म लागेको उनको कथन थियो। अहिलेका शीर्ष नेताहरुले यो मुलुकलाई हाँक्न नसक्ने ठोकुवा गर्दै वैद्यले भने- यिनीहरु सत्तालिप्सामा डुबे, कङ्ग्रेस एमाले सत्ता छोड् भन्ने, हाम्रा नेताचाहिँ सत्ता नछोड्ने भन्ने, यो सत्ता लिप्सा नभएर के हो त?

पहिले शान्ति प्रक्रियाका नाममा जनसेनालाई सिध्याउने काम माओवादीकै शीर्ष नेताहरुबाट भएको पनि उनले बताए। 'त्यसपछि जनसेना पनि हरायो, संविधान पनि हरायो'- वैद्यको प्रष्टोक्ति थियो।

अपडेट :
यसैबीच माओवादी उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा सुरु भएको राष्ट्रिय भेलामा नेताहरुको उपस्थित बढ्दो छ। राजधानीको बौद्धस्थित शेर्पा सेवा केन्द्रमा वैद्य पक्षीय नेताहरुको बाक्लो उपस्थित रहेको नागरिकन्युजकर्मी किरण पुनले जानकारी दिए। भेलामा देशव्यापीरुपमा ३ हजार २ सय प्रतिनिधि उपस्थित हुने बताइएको छ। माओवादीसँग पार्टी एकता गरेको नेकपा एकता केन्द्र मसाल (उपाध्यक्ष नारायणकाजी)का शशि शेरचन(सोनाम साथी) समूह पनि भेलामा सहभागी भएको छ। सोनाम माओवादीका पोलिटव्युरो सदस्य हुन्। 

माओवादी कार्यकर्ता, पूर्व लडाकुहरुको बौद्ध क्षेत्रमा बाक्लो उपस्थिति छ। उद्‍घाटन सत्रपछि भेलाको बन्दसत्र आजै सुरु हुनसक्ने बताइएको छ। हिजो एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकिकरणका लागि आह्वान गरे पनि वैद्यपक्षले त्यसलाई लत्याउँदै आजबाट राष्ट्रिय भेला सुरु गरेको हो। भेलालाई माओवादी पार्टी विभाजनको प्रारम्भका रुपमा लिइएको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता