वैद्य समूहले काठमाडौंमा गरिरहेको भेलाले पार्टी एकताको प्रस्ताव पेश गर्ने विश्वास पनि उनले व्यक्त गरे। अग्रगामी शक्तिहरुले देशको ठूलो कम्युनिष्ट पार्टी नफुटोस् भन्ने चाहेकाले वैद्य पक्षको भेलाबाट त्यस्तै प्रस्ताव पास हुने उनले बताए।
प्रधानमन्त्री बाबुराम भट्टराईले देश जटिल संकटमा रहेकोले निकासको लागि दलीय सहमतिको विकल्प नरहेको बताएका छन्। बाजुरामा प्रकोप पीडितका लागि राहत वितरण गर्न जानेक्रममा शनिबार सुर्खेत विमानस्थलमा पत्रकारसँग उनले दलहरुलाई सर्ब स्वार्थ त्यागेर सहमतिमा लाग्न आह्वान गरे।
'संक्रमणकाललाई दिन, महिना र वर्षमा गणना गर्न सकिदैन,' उनले भने, 'दलहरुबीच जति चाँडो सहमति हुन्छ, संक्रमणकाल पनि त्यति नै चाँडो अन्त्य हुन्छ।' उनले संविधानसभा विघठनका बेलादेखि चिसिएको दलहरुबीचको सम्वन्ध पछिल्लो समय नजिँकिदै गएको पनि बताए।
प्रधानमन्त्री भट्टराईले सर्वोच्च अदालतको आदेशअनुसारै संविधानसभाको चुनाव घोषणा गरिएको बताए। संविधानसभा विघठन गर्नुपर्दा आफूलाई दुःख लागेको पनि उनले बताए। 'उपलब्धिबिना संविधानसभा विघठन गर्नुपर्दा आम नेपालीजस्तै मलाई पनि दुःख लागेको छ,' उनले भने, 'तैपनि लोकतन्त्र र शान्तिका लागि यस्तो निर्णय लिन बाध्य भयौं।'
प्रतिक्रियाहरू (0)
