Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

माछा मार्ने विवादमा झडप भएपछि एक युवकको मृत्यु

E-mail Print
(1 vote, average 5.00 out of 5)
रमेश खतिवडा, रामेछाप, असार २- दुई समूहबीच माछा मार्ने विषयमा विवाद भएपछि रामेछाप भलुवाजोर-२ हात्तिटारकाका स्थानीय २५ वर्षीय सोमबहादुर माझीको मृत्यु भएको छ।
 

विगत चार वर्षदेखि तामाकोसीमा माछा मार्ने विषयमा मसानटार र हात्तिटारका स्थानीयबीच एकअर्काको क्षेत्रमा माछा मारेको विषयलाई लिएर विवाद चल्दै आएको थियो। हिजो राति माछा मार्न गएका हात्तिटारका युवालाई ढुंगैढुंगाले प्रहार गरेर मारेको थियो।


हत्यामा संलग्न मसानटारका ९ जना युवालाई उनीहरुको घरबाटै प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामकुमार माझी, शान्ति माझी, श्यामबहादुर माझी, नरेश माझी, बलराम माझी, सागर माझी, कालुराम माझी, बुद्धिराज माझी र सुतिराज माझी रहेको रामेछाप प्रहरी प्रमुख डिएसपी सञ्जीव शर्माले जानकारी दिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता