कंग्रेसका जनजाति नेताले पार्टीको कार्यक्रम बहिस्कार गर्ने

E-mail Print
(8 votes, average 2.75 out of 5)
'पार्टीबाट हामी अपमानित भयौं' -
गोविन्द परियार, काठमाडौं, असार २ - कांग्रेस निकट विभिन्न जातीय संगठन, पूर्व सभासद् र केन्द्रीय सदस्यहरुले संघीयताका विषयमा पार्टीले स्पष्ट धारणा नबनाएसम्म पार्टीले आह्रावन गरेको कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छन्।

शनिबार कांग्रेस निटक विभिन्न आठ भातृ सस्था, पूर्व सभासद् र सदस्यहरुको भेलाले पार्टी सभापति सुशील कोइरालालाई यसअघि बुझाएको ज्ञापनपत्रका बारेमा सुनुवाई नभएको भन्दै पार्टीको कार्यक्रममा सहभागी नहुने निर्णयमा पुगेका हुन्।

'हामीले ज्ञापनपत्र बुझाएपछि भएको पार्टी केन्द्रीय समितिको वैठकमा पार्टीको आन्तरिक झगडा र भागवन्डाले मात्रै स्थान पाएको तर हाम्रो ११ वुँदे ज्ञापनपत्रले प्रवेश नै नपाएकोले हामी सम्पूर्ण आदिवासी जनजातिहरुले आफ्नै पार्टीबाट अपमानित भएको महशुस गरेका छौ,' शनिबार जारी गरिएको सयुक्त विज्ञप्तिमा भनिएको छ, 'हामी जातीय पहिचानको आन्दोलनकमा लागेकाहरु वाध्यभइ हाम्रो पूर्ववत निर्णयअनुसार देशभरि हुन गैरहेको पार्टीको सबै कार्यक्रममा उपिस्थिति नहुने र हाम्रो पार्टीभित्र रहनुभएका पहिचान सहितको संघीयता पक्षधर केन्द्रीय सदस्य, पूर्व सभासद साथै अन्य सबैलाई कुनै पनि कार्यक्रममा उपस्थित नभइदिनुहुन अपील गर्दछौं।'

पार्टीभित्र जातीय पहिचानको माग गर्दै आन्दोलनरत विभिन्न जातीय संघ/सस्थाका प्रतिनिधिहरुले जेठ २४ गते सभापति सुशील कोइरालालाई जातीय पहिचानसहितको संघीयताकाबारेमा आधिकारिक धारणा बनाउन आग्रह गर्दै ११ बुदे ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझेलगत्तै कोइरालाले काग्रेस सधै जनजातिको हकअधिकारको पक्षमा गम्भीर भएको बताउँदै ज्ञापनपत्रलाई केन्द्रीय समिति बैठकमा छलफल गरी औपचारिक धारणा बनाउने प्रतिवद्धता जनाएका थिए। जनजाति नेताहरुले त्यपछि बसेका पटक पटकका केन्द्रीय समिति बैठकमा उक्त ज्ञापनपत्र पेश नगरेका भन्दै पार्टीको कार्यक्रम बहिस्कार गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।
सयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरुङ, पूर्व सभासद जिपछिरिङ लामा शेर्पा, केन्द्रीय सदस्यहरु नरेन्द्र विक्रम नेम्वाङ, सीता गुरुङ, पूर्वसभासद्हरु कुमार राई, उर्मिला थापामगर र हर्षजित लामा रहेका छन्। त्यस्तै पुर्व मन्त्री डि.वी. लामा तामाङ, नेपाल राष्ट्रिय मगर संघका सभापति गणेश बहादुर थापामगर, नेपाल तामाङ संघका महासचिव वर्मा लामा, नेपाल लिम्वु संघका सभापति प्रविण विक्रम नेम्बाङ लिम्वु, नेपाल लोकतान्त्रिक शेर्पा संघका सभापति लाक्पा ठिन्ले शेर्पा, लोकतान्त्रिक नेवाः खलः, सभापति नेम सिंह नकर्मी, नेपाल किराँत आदिवासी जनजाति समाजका सभापति आनन्द संतोषी राई, नेपाल भू.पू सैनिक संघका महासचिव गर्जबहादुर गुरुङ लगायतले सयुक्त हस्ताक्षर गरेका छन्।

प्रतिक्रियाहरू (1)Add Comment
0
sanjog nepali
June 17, 2012
49.244.224.3
भोट: -1
...

युगलाई पछाडी धकेल्ने कदमको बिरोध !

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता