Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

साहित्यकार झमकलाई उपचारका लागि काठमाडौं लगियो

E-mail Print
(0 votes, average 0 out of 5)
सिद्धराज राई, धनकुटा, असार ३- बिरामी परेकी साहित्यकार झमक घिमिरेलाई उपचारको लागि काठ्मान्डौ लगिएको छ। उनका परिवारका सदस्यहरु र झमक घिमिरे साहित्यकला प्रतिष्ठान नेपालका अध्यक्ष गोपाल गुराँगाईको सहयोगमा उनलाई उपचारको लागि काठमान्डौ लगिएको हो।
 

परिवारको आर्थिक स्रोतबाटै तत्का उनलाई उपचार गर्न काठमान्डौ लगिएको हो। काठमान्डौको मोडल अस्पतालमा नियमित स्वास्थ्य परिक्षण गराउदै आएकी उनको उपचार त्यहीको डाक्टरको सल्लाहमा गरिने प्रतिष्ठानका अध्यक्ष गुरागाईले बताए।

जन्मजात मस्तिष्क पक्षघातकी बिरामी यूवा साहित्यकार झमक घिमिरेमा शारिरिक जटिलता थपिदै गएको छ। मस्तिष्क पक्षघातले सताउँदै लगेपछि उन एक महिना देखि उनी ओच्छयान गरेकी थिइन। विरामीको कारण एक महिना देखि लेखपद गर्ने, खाना खाने र पत्रपत्रिका अध्ययन गर्ने जस्ता कार्य उनले गरेकी छैनन्।

बिरामीले सताए पछि निजी निवास धनकुटा नगरपालिका वडा नम्वर ३ कचिडेमा आरम गरिरहेकी थिईन। साहित्यकार घिमिरेलाई खाना चपाउन गाह्रो हुने, हात-खुट्टा, अनुहार र शरिरका विभिन्न अंग बाउँडिने र अत्यन्तै दुख्ने जस्ता समस्याले पिरोलेको परिवारजनले बताए। जन्मदै हातखुट्टा नचल्ने र देब्रे खुट्टाका तीन औंला मात्रै चल्ने अवस्था रहेकी थिईन। उनको यही औलाको सहयोगले दर्जनौ साहित्यिक कृति लेखेकी थिईन्। उनले लेखेको आत्मकथा जीवन काँडा कि फूल नामक साहित्यिक कृतिले गत वर्षको मदन पुरस्कार प्राप्त गरेको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता