Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 05th

पहिरो प्रभावित क्षेत्रमा प्रधानमन्त्री, पीडितलाई राहत

E-mail Print
(1 vote, average 5.00 out of 5)
पुष्पराज जोशी, डोटी, असार ३- गत जेठ १८ गते पहिरोमा परि ज्यान गुमाएका र घाईते भएकाहरुलाई राहत दिन प्रधानमन्त्री डाक्टर वावुराम भट्टराई शनिवार विहान वाजुराको वाँधु गाविस ९ पिपलडालीमा पुगेका छन्। उनले शनिवार विहान ९ वजे देखि साढे २ बजे सम्म बाजुराको वाँधु र कोल्टी क्षेत्रको निरिक्षण गरेका थिए।

अर्थ मन्त्री वर्षमान पुन सहित उच्चस्तरिय अधिकारीलाई साथमा लिई क्षतीग्रस्त क्षेत्रको स्थलगत भ्रमणमा पुगेका प्रधानमन्त्री भट्टराईले पहिरोमा परि ज्यान गुमाएका प्रत्येकलाई एक /एक लाख रुपैंयाको चेक हस्तान्तरण गरेका थिए। उनले पहिरोमा परि घाईते भएका ९ जनाको उपचार खर्च समेत सरकारले व्यहोर्ने आश्वासन दिए। प्रधानमन्त्री भट्टराईले पहिरोमा परि पूर्णरुपमा क्षती भएका २४ घरपरिवारलाई २० हजार रुपैंया र आम्सिक क्षती भएका २५ घरपरिवारलाई १० हजार रुपैंया र सामान्य क्षती भएका परिवारलाई दुई /दुई हजार रुपैंयाका दरले राहत वितरण गरेका थिए। प्रधानमन्त्री भट्टराईले पहिरो पिडीतहरुलाई क्षतीको विवरणका आधारमा राहात प्याकेज कार्यक्रम संचालन गर्ने आश्वासन समेत दिए।
पीपलडाली र कोल्टीमा भुगर्वविद् सहितको टोली खटाउने बताउँदै प्रधानमन्त्री भट्टराईले भने,'प्रभावित क्षेत्रको चट्टानको अनुसन्धान गरि वसाई सार्नुपर्ने भए तत्काल स्थानान्तरण गर्ने प्रयत्न गर्छौ।' उनले पहिरोमा भत्किएको कोल्टी र पिपलडालीको सिंचाई तथा खानेपानी तत्काल मर्मतसम्भार गरी सुचारुगर्न सरकारी अधिकारीलाई निर्देशन समेत दिएका थिए।
पहिरोमा कोल्टी स्वास्थ्यकेन्द्रको औषधी समेत नष्ट भएको थियो। प्रधानमन्त्री भट्टराईले अनुगमनका क्रममा स्वास्थ्य केन्द्र कोल्टीको वारेमा समेत जानकारी लिएका थिए। पहिरोमा परि चार घरका पाँच जनाको मृत्यु भएको थियो भने ९ जना घाईते भएका थिए। पहिरोले कोल्टी र बांधुको पिपलडालीमा ९ करोड रुपैंया वरावरको क्षती भएको जिल्ला दैविप्रकोप उद्धार समितिले जनाएकोछ।

संविधान ल्याउन नसकेकोमा क्षमा
पहिरो प्रभावित क्षेत्र बाजुराको पीपलडाली गाउँमा पुगेका प्रधानमन्त्री वावुराम भट्टराईले गत जेठ १४ गते संविधान ल्याउन नसकेको प्रति क्षमा माग्दै भने,'दलहरुका कारण समयमै संविधान जारी गर्न सकिएन।' उनले सहरियाहरुका लागि मात्र नभई अहिलेको सरकार गरीव जनताको सरकार भएकाले हप्तामा एक दिन गाउँवस्तीमा जाने बताए।
साढे पाँच घण्टा पहिरो पीडित सँगै वसेका प्रधानमन्त्रीले अघिकांश समय उनिहरुको पीडाका वारेमा जानकारी लिएका थिए। उनले सरकारले पहिरो पीडितलाई सक्दो सहयोग गर्नै समेत प्रतिवद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्रीको स्वागतका लागि घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सहितको जिल्लाका अधिकृतहरु दुई दिन अघि नै कोल्टी पुगेका थिए। शनिवार विहान गाउँमा प्रधानमन्त्री सहितको टोली पुगेपछि थोरै भएपनि दुःख विर्सीएको महशुस भएको स्थानिय पूर्ण विष्टले बताए। आफ्नो गाउँमा पुगेका प्रधानमन्त्रीलाई पंचेवाजा सहित स्वागत गरेका थिए। घटनास्थल पीपलडाली र कोल्टी जिल्ला सदरमुकाम मार्तडी देखि एक दिनको पैदलयात्रा पछि पुग्न सकिन्छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता