रोपाइका लागि पानी ल्याउन रातभरी डयुटी

E-mail Print
(0 votes, average 0 out of 5)
जनक केसी, जाजरकोट, असार ३- लामो खडेरीले खोलामा पानी सुकेपछि जाजरकोटका किसानले रोपाइ गर्ने पानी ल्याउन रातभरी डयुटी गर्न थालेका छन्। वाली लगाउने बेला पानी नपरेर हैरान भएका किसानहरु यति वेला पानीको लागि कुलोको मुहानमै रातभरी डयुटी बस्न थालेका हुन्।

पानी पर्छ कि भनेर लामो समय सम्म पर्खिदा पनि आकासबाट पानी नपरेपछि व्याडमै विउ सुक्न थालेपछि पानी पैंचो गरेर रोपाइका लागि पानीको जोहो गर्नु परेको खलंगा ६ का किसान कृष्णबहादुर कार्कीले बताए। रोपाइका लागि पानी ल्याउन रातभरि झगडा गर्नु पर्छ यति गर्दा पनि पुग्ने जति पानी आउदैन कार्कीले भने।

खडेरी र खोलामा पानीको अभावका कारण केही समय अगाडि लगाइएका धानको विउ व्याडमै सूक्न थालेका किसानहरु बताउँछन्। अहिले रोपाइका लागि कुलोको पानीलाइ पैंचोको रुपमा प्रयोग गर्ने गरिएको छ। जुन दिन जसको रोपाइ हुन्छ त्यसले अघिल्लो दिननै कुलोको मुहानमा गएर पानीको जोहो गर्नु पर्ने वाध्यता रहेको किसान टीकाराम खड्काले बताए।

वर्षात नभए पनि तीनवटा खोलाको पानीको भरमा रोपाइ र अन्य खेती गर्दै आएका किसानहरु यति वेला एउटा कुलो सवैतिर वाड्न वाध्य भएका छन। जिल्लाको सवै भन्दा वढी धान फल्ने होलु जिउलामा रिसाङ खोला, दारखोला, र कोटखोलाको पानीले रोपाइ गर्ने गरिएपनि अहिले खडेरीका कारण कोटखोला र दारखोलामा पानी पुरै सुकिसकेको छ भने रिसाङ खोलामा थोरै पानी रहेको छ।जिल्लाका अन्य खोला र खेतवारीको हालत पनि होलु खोलाको जस्तै छ।

खोलामा भएको थोरै पानी अहिल किसानले खोसाखोस गरिरहेका छन। रोपाइका लागि एक हप्ता अगाढि नै पानीको जोहो गर्न सकिएन भने रोपाइ गर्न निकै गाह्रो भएको खलंगा २ स्यालाका किसान भरत केसीले वताए। पहिलो चिन्ता पानी कतावाट ल्याएर रोपाइ गर्ने दोश्रो चिन्ता रोपाइ गरेको वाली कसरी खडेरीवाट जोगाउने भन्ने रहेको छ, केसीले भने। पाखावारी तथा खेतमा लगाइने वालीहरु खडेरीका कारण समस्यामा परेपछि साउन र भदौमा चरम खाद्य संकट पर्ने सम्भावना वढ्दै गएको दुर्गम गाउँका स्थानीयहरु वताउछन्।

अहिले सम्म गाउँमा मकैं रोपिएकै छैन अनि थोरै लगाएको पनि सुकिसकेको हुदा गाउका सर्वसाधारणलाइ साउन भदौमा खाद्य संकटको ठुलो डर लागिरहेको छ। रोकायगाउँ १ पारामुल्सामका हर्कवहादुर रोकाय यस पाली खेतवारीमा कुनै पनि अन्न नभएको कारण साउन भदौमा के खाने होला भनि चिन्ता लाग्न थालेको वताउछन।
खडेरीका कारणले जाजरकोटमा मकै ३५ प्रतिसत र धान २० प्रतिसतले घट्ने पक्का भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। वेलैमा पानी परेपछि पनि यति घट्छ यदि परेन भने त वालीमा पनि खडेरी पर्छ जिल्ला कृषिविकास कार्यालय जाजरकोटका निमित्त प्रमुख महेन्द्रनारायणलाल कर्णले बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता