Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

दस करोडका कम्पनीको सेयर बिक्री अनिवार्य

E-mail Print
(0 votes, average 0 out of 5)
नारायण सापकोटा, काठमाडौं, असार ३- वास्तविक क्षेत्रका कम्पनीलाई बजारमा ल्याउन १० करोड रुपैयाँभन्दा बढी पुँजी भएकाले सर्वसाधारणलाई सेयर विक्री अनिवार्य गर्नुपर्ने सुझाव एक अध्ययनले दिएको छ। निजी कम्पनी भएपनि सेयर बिक्री अनिवार्य गरेपछि सेयर बजारमा सूचिकृत हुने कम्पनीको संख्या बढ्ने अनुमान छ। उद्योग विभागमा १० करोड भन्दा बढिका कम्पनी चार सय ५९ दर्ता भएका छन्। यसमध्ये कृषि सम्वन्धी १७, निर्माण ९, उर्जा क्षेत्रका ७१, उत्पादन मुलक १ सय ९८, खानीजन्य चार, सेवामुलक ९१ र पर्यटन ६९ कम्पनी छन्। 


सर्वसाधारणलाई सेयर बिक्री गर्न लेखापरिक्षण प्रतिवेदन सहित एक वर्ष कार्य सञ्चालन अवधि पुरा गरे पुग्छ। तै पनि अधिकांश कम्पनी बजारबाट पुँजी उठाउन उत्सुक छैनन्। बोर्डमा सार्वजनिक निस्काशन गर्दा मात्रै कम्पनीले सवै सेयर दर्ता हुने गरेको छ। पव्लिक कम्पनीले स्थापना भएपछि बोर्डमा सेयर दर्ता गराउनुपर्ने व्यवस्था समेत पालना भएको छैन। २ सय १७ कम्पनी मध्ये वास्तविक क्षेत्रका ३१ कम्पनी मात्रै बजारमा सूचिकृत छन्। वास्तविक क्षेत्रका यी कम्पनी मध्येपनि अधिकांशको कारोवार नहुने र कम हुने अवस्था छ।

नियमनको अभावमा अपारदर्शितामा रहेका कम्पनी बजारमा आउन नचाहेको अध्ययन देखाईएको छ। सवै कम्पनीका लागि उच्चस्तरिय एकिकृत नियमन निकाय स्थापना गर्न सुझाव दिईएको छ। सवै कम्पनीका लागि संस्थागत शुसासन सम्वन्धी निर्देशिका ल्याउनुपर्ने सुझाव अध्ययनमा दिईएको छ।
वास्तविक क्षेत्रका कम्पनीलाई बजारमा आकर्षित गर्नका लागि धितोपत्र बोर्डले तयार पारेको प्रारम्भिक अध्ययनमा कमजोर शुसासन, झन्झटिलो निस्काशन प्रक्रिया, अधिक खर्च वाधक बनेको उल्लेख छ।

निजीक्षेत्रका कम्पनी सेयर बिक्री गरि पुँजी उठाएर पारदर्शी हुन नचाहेको अध्ययनमा छ। सेयर बिक्री गरि पुँजी उठाउँदा सहुलियत पाउने आशा पनि कम्पनीले गरेका छैनन्। सार्वजनीक सेयर निकास्शन गर्ने निजी कम्पनीलाई १० प्रतिशत आयकर छुट दिने सरकारी घोषणा समेत कार्यान्वयनमा आउन सकेको छैन।
'वास्तविक क्षेत्रका धेरै कम्पनलि लागत र लाभको विश्लेषण गरेर दीर्घकालमा व्यवसाय गर्न र मुनाफा हासिल गर्न सकिन्छ भन्ने देखिएन' बोर्ड योजना तथा विकास विभाग प्रमुख नवराज अधिकारीले शनिबार नागरिकसँग भने।
सुझावका लागि केही दिनमा बोर्डले उद्योगी, व्यापारीसँग छलफल गर्ने भएको छ। आगामी बजेट मार्फत वास्तविक क्षेत्रका कम्पनी आकर्षित गर्न सुझाव समेत दिईने अधिकारीले बताए।

बजारमा सूचिकृत कम्पनी मध्ये, बैंक, वित्त, विमा बाहेकको नियमनको अवस्था कमजोर छ। यसको जिम्मेवारी पाएको कम्पनी रजिस्ट्रारको कार्यालयबाट कम्पनीको अनुगमन र निरिक्षण हुन सकेको छैन। 'नियमन भैरहेको भए सार्वजनिक निस्काशनमा जान चाहने कम्पनी बढ्ने थिए' प्रतिवेदनमा छ।
धितोपत्र सम्वन्धि ऐनमा पव्लिक लि कम्पनीलाई अन्य सम्वन्धित निकायसँगको सहकार्यमा बोर्डले अनुगमन गर्न सक्ने व्यवस्था छ। वार्षिक साधारण सभा समेत नियमन गर्न नसकेको रजिष्ट्रारको कार्यालय र बोर्डले अरु नियमनको काम गर्नै सकेका छैनन्।

लगानीको विस्तार र संभावनाका लागि कम्पनीहरुले बजारबाट ठुलो पुँजी संकलन गर्ने हो। उद्यमशिलताले ठुलो पुँजी उठाउने आवश्यकता सृजना गर्छ। यसका लागि लगानीको वातावरण आवश्यक हुन्छ। यसका लागि बजारका संयन्त्र कारोवार र धितोपत्र व्यवसायी व्यवसायीक हुनुपर्ने सुझाव दिईएको छ। पुँजीको अन्य स्रोत भएसम्म पनि बजारबाट कम्पनीले रकम संकलन गर्दैनन्। लगानीकर्ताको लगानी संरक्षण नभए सम्म सेयर खरिद गर्ने पनि नहुने भएकोले आवश्यक व्यवस्था गरि कम्पनीलाई बजारमा ल्याउनुपर्ने सुझाव दिईएको छ।

निजी कम्पनीले बजारमा आउँदा सेयरको दर्ता तथा निस्काशन शुल्कमा छुट हुनुपर्ने माग गरेका छन्। सूचिकरण शुल्क १० वर्ष सम्म छुट दिनुपर्ने सुझाव प्रतिवेदनमा दिईएको छ। अहिले स्टक एक्सचेन्जमा सुचिकृत हुने कम्पनीले नवीकरणका लागि वार्षिक रुपमा शुल्क बुझाउनुपर्ने व्यवस्था छ।
सञ्चालनमा आएका सफल कम्पनीले स्वतन्त्र मुल्यमा सेयर बिक्री गर्न नपाएकोले बजारमा नछिरेको बताएका छन्। नेटवर्थमा आधारित भै प्रिमियमा सेयर बिक्री गर्नुपर्ने विद्यमान व्यवस्था शंसोधन गरि स्वतन्त्र मूल्य तोक्नुपर्ने सुझाव पनि प्रतिवेदनमा दिईएको छ।

तीन करोड रुपैयाँ भन्दा बढि पुँजी भएका निजी कम्पनी लाई पव्लिकसरह संस्थागत सुशासनमा वाँध्नुपर्ने आवश्यकता अध्ययनले औंल्याएको छ।
तीनदेखि १० करोडका कम्पनीको संख्या मुलुकमा १ हजार १ सय ३१ छ। यस मध्ये कृषिका ७९, निर्माण १०, उर्जामुलक १४, उत्पादनमुलक ५सय ३८, खानीजन्य ७, सेवामुलक ३ सय ४३ र पर्यटन क्षेत्रका १ सय ४० कम्पनी छन्।
तीन करोड भन्दा कम लगानीका कम्पनीको संख्या ३ हजार ५६ पुगेको छ। यसमध्ये कृषिजन्य १ सय १३, निर्माण २०, उर्जामुलक ४, उत्पादनमुलक १ हजार ४ सय ४१, खानीजन्य २७, सेवामुलक ८ सय ५२, पर्यटन ५ सय ९९ कम्पनी छन्।

वास्तविक क्षेत्रका कम्पनी पारिवारिक समूहमा बढी छन्। सर्वसाधारणलाई सेयर बिक्री गर्दा यस समूहको समेत कम्पनीमा सञ्चालक रहन्छ। यसबाट गोप्यता बाहिर जाने, विवाद बढ्ने आशंकामा ठुला व्यापारिक समूहका कम्पनीले समेत सर्वसाधारणलाई सेयर बिक्री गरेका छैनन्।

विगतमा सर्वसाधारणलाई सेयर बिक्री गर्ने कम्पनीको अवस्था अहिले नाजुक छ। सर्वसाधारणबाट पुँजी नउठाएका कम्पनी सफल छन्। केही कम्पनीले सर्वसाधारणबाट पुँजी संकलन गरि बन्द समेत गरिसकेका छन्। यसबाट धेरै सर्वसाधारण समेत ठगिएका छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता