Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

एसएलसीको खुशीमा मिठाइ बाँड्न निस्केकी किशोरीको मृत्यु

E-mail Print
(1 vote, average 3.00 out of 5)
काठमाडौं, असार ३ (नागरिक)- सवारी दुघर्टनामा एसएलसीमा उत्तीर्ण भएको खुसीयालीमा चकलेट बाँड्दै हिँडेकी एक परीक्षार्थीको मृत्यु भएको छ। जोरपाटीमा शुक्रबार भएको दुघर्टनामा रेन्की तामाङको मृत्यु भएको हो। एसएलसीमा फर्स्ट डिभिजनमा उत्तीर्ण उनी आफन्तलाई लड्डु बाँडेर फर्कंदा बा३५प ६०१३ नम्बरको मोटरसाइकलमा बसेकी थिइन्।

मोटरसाइकल सूर्यसिंह तामाङले चलाएका थिए। मोटरसाइकललाई बा१ख ५०३५ नम्बरको पानीट्यांकरले ठक्कर दिँदा उनी उछिट्टिएर ट्यांकरको चक्कामा परेकी थिइन्। चालक तामाङ भने घाइते भएका थिए।

रेन्कीको मृत्युपछि स्थानीयले ट्याङकर जलाइदिएका थिए। आगो निभाउन आएको दमकल र प्रहरीमाथि समेत उनीहरूले आक्रमण गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो। स्थानीयसँगको झडपमा दुई प्रहरी घाइते भएका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता