भयको घेरामा लोकतन्त्र

E-mail Print
(12 votes, average 3.33 out of 5)
एनेकपा (माओवादी) ले शुक्रबार आयोजना गरेको महामेलापछि संविधान सभाको अवसानले सुरु गरेको राजनीतिक मेलाहरूको क्रम टुंगिएको छ। मेलाहरूको यो क्रम निकै रोचक र पीडादायक रहेको छ। नेपाली कांग्रेससहितका २७-२८ दलले संविधान सभाको समाप्तिपछिको राजनीतिक अवस्थामा आफ्नो भूमिकाको व्याख्या र अपव्याख्या दुवै गरेर आफूलाई पानी माथिको ओभानो देखाउने प्रयत्न गरेका छन्। मेलाहरूको यस भिडमा, अहिलेसम्म राजनीतिक मूल प्रवाहको पल्लो किनारामा रहेको राप्रपा-नेपालले, बीचैमा घुसेर, नेपाली राजनीतिमा पहिलोपल्ट आफूलाई दक्षिणपन्थी धारको एकमात्र प्रतिनिधि पात्रका रूपमा स्थापित गरेको छ। यी मेलाहरूको बिट मार्दै माओवादी पार्टीले महामेलामार्फत् आफ्नो शक्तिको प्रदर्शनमात्र गरेको छैन, उसका लागि पहिचानसहितको संघीयता नै नया" नेपालको नया" संविधानको 'बटम लाइन' भएको पनि स्पष्ट बताएको छ। उनीहरूको यो विचार कति सही छ र कति गलत - अहिलेको प्रश्न होइन यो। किनभने यो विषय नेता र पार्टीहरूले टुंग्याउने होइन, जनताले टुंग्याउने हो। माओवादीको यो विचारसँग जनता कति सहमत छन्? यसको टुंगो पनि चुनावले मात्र लगाउन सक्छ।

अब कुन दलका नेताहरूले के भने वा के भनेनन् भन्नेमा सामान्य नेपाली जनताको खासै चासो रहेन। यी कुनैपनि मेलामा नयाँ विषय उठाइएनन्। पुरानै विषयलाई जगाइयो। कांग्रेसका सुशील- शेरबहादुर, एमालेका माधव-झलनाथ र माओवादीका प्रचण्ड-बाबुराम सबैले संविधान सभाको अवसान भएकोमा माफी मागे। अगाडि कसरी बढ्ने भन्ने व्यावहारिक बाटो सुझाएनन्। माफी माग्नु महानता हो तर आफ्ना राजनीतिक अयोग्यताहरूलाई स्वीकार नगर्नु भने महानता होइन। जनतालाई यति थाहा छ चुनाव घोषणा भइसकेका अवस्थामा नेताहरूले त्यसको व्यावहारिक चर्चा गरेनन्। मंसीर ७ को घोषित समयमा चुनाव हुनसत्तै्कन भन्नु राजनीतिक वक्तव्य मात्रै हो। यो राजनीतिकरूपले सही कुरो होइन। चुनावका लागि राजनीतिक दलहरूबीच सहमति हुन सत्तै्कन भने त्यसको विकल्पमा गोलमेच सम्मेलन वा सर्वदलीय सहमतिका नाममा भारदारी सभाको गठन पनि नया" नेपालका लागि स्वीकार्य हुनसत्तै्कन।

निर्वाचित संविधान सभाले गर्न नसकेको काम भारदारी सभाले गर्न सक्दैन। त्यसैले चुनावको विकल्प चुनावमात्रै हो। लोकतन्त्र भन्ने र चुनावसँग डराएर छटपटिने मानसिकताले लोकतान्त्रिक गणतन्त्रको भलो गर्दैन। यथार्थ यतिमात्रै हो - राजनीतिक दलका नेताहरू चुनावसँग भन्दा पनि माओवादीसँग डराएका छन्। उनीहरू शान्ति प्रक्रियाका सर्तहरू पूरा गर्दै पुनर्स्थापित संसदीय व्यवस्थामा सामेल भएर, संविधान सभाको चुनाव लडेर, पटकपटक सरकारको नेतृत्वमा पुगिसकेको माओवादी पार्टीलाई आफ्नै 'जातिबिरादरी'को दल मान्न तयार छैनन्। उनीहरूका लागि माओवादी अझै सच्चिएको छैन। संसदीय दलहरूमा अतीतको अहंकार अलि बढी नै छ। कांग्रेस र एमाले दुवै दलका नेताहरूले आफ्नै हिंसात्मक पृष्ठभूमि बिर्सिएका छन्। उनीहरू आफूलाई गान्धी बाबाका पक्का अनुयायी साबित गर्न कम्मर कसेर लागेका छन्।

दोस्रो जनआन्दोलनमार्फत् जनताले राजाहरूको हातमा रहेका देशको सार्वभौमिक शक्ति आफ्नो हातमा लिएका थिए। त्यही आन्दोलनले शताब्दीयौँदेखि शासनमा हालीमुहाली चलाइरहेका राजधानीका शक्ति केन्द्रहरूलाई भत्काइदिएको थियो। राज्य शक्तिको अवतरण भएको थियो जनतामा। बिस्तारै दलका नेताहरूले त्यो शक्तिलाई खुम्च्याएर आफैँमा सीमित तुल्याउन खोजे। आफूलाई लोकतन्त्रका सेनानी भन्ने नेताहरूले अ"ध्यारो कोठाबाट देशको शासन चलाउने पुरानै पद्धति ब्यु"ताउन खोजे। नया" राजनीतिका लागि आवश्यक दलीय संयन्त्रहरूको निर्माण गर्न सकेनन् उनीहरूले। बीस वर्ष अघि जन्मिएको एउटा तन्नेरी नेपालीले सय वर्षपछि सम्मका लागि आफ्नो र आफ्नो सन्ततिको भाग्य रेखा कोर्न खोटो सिक्का साबित भइसकेको चालीस वर्ष पुरानो नेतृत्वको मुख ताक्नुपर्ने अनौठो बाध्यता सिर्जना गर्न खोजियो। अहिलेको कचमच यही नै हो। यो कचमचको अन्त्य नभएसम्म देश उँभो लाग्न सत्तै्कन।

यतिबेला, अचम्म लाग्दो विचलनमा परेको छ देश। यो विचलनवाट मुक्तिका लागि बुद्धिजीवी, नागरिक समाजका सदस्य, व्यापारी, उद्योगपति सबैका आआफ्नै 'प्रेस्त्रि्कप्सन' छन्। डाक्टरहरूले लेख्ने अक्षरहरूको समानताबाहेक यी कुनैपनि प्रेस्त्रि्कप्सनमा समानता छैन। औषधिको कम्पोजिसन त उही हो तर निर्माणगर्ने कम्पनी फरक छ। डाक्टरहरू कम्पोजिसनमा होइन कम्पनीको पहिचानमा जुटेका छन्। यी बुद्धिवादीहरूका अनुसार अहिले देशमा चुनावको वातावरण छैन। चुनाव हिंसात्मक हुनेछ। त्यसैले चुनावको विकल्पमा दलीय सहमतिको आधारमा गठनहुने भारदारी सभा नै जायज छ। भारदारी सभाको गठनले बुद्धिवादीहरूको अहम्को पनि तुष्टि हुनेछ। देशको शासनप्रशासनमा उनीहरूको प्रत्यक्षअप्रत्यक्ष पहुँच स्थापित हुनेछ। यो संसारकै दुर्गम देश नेपालमा शासन र सत्ताको जति महŒव छ त्यो अन्यत्र कतै छैन। सत्ताको सर्तमा लोकतान्त्रिक पद्धति र मान्यताहरूको कुनै मूल्य छैन। पद्धति परोस् भर्सेलामा। चुनावको घोषणापछि काम चलाउ बनेको सरकारले नै चुनाव गराउने सर्वमान्य लोकतान्त्रिक सिद्धान्तको पालना लोकतान्त्रिक दलहरूले गर्नुपर्दैन। किनभने, काम चलाउ सरकारको नेतृत्वमा माओवादी छ। माओवादीले चुनावमा पेल्छ। धा"धली गर्छ।

तर्कहरूको यो सञ्जाल फैलिएको छ। माओवादी चुनाव जितेर शक्तिमा आए भने देशमा 'कम्युनिज्म' आउ"छ भन्ने भ्रम चारैतिर फैलाउने प्रयत्न भएको छ। तर, चुनाव जितेर कम्युनिज्म स्थापित भएको देश कतै देखिएको छैन। कांग्रेसका प्रखर र वयोवृध्द नेता रामशरण महतलाई पनि यो कुराको राम्रो ज्ञान छ। किनभने, यति बेला संसारमा कम्युनिज्मै छैन। माओवादी पार्टीभित्र कम्युनिज्मको कुनै 'इलेमेन्ट' थियो भने त्यो अहिले मोहन वैद्य किरणको गोजीमा छ। बा"की रहेको कम्युनिज्म नारामा मात्रै सीमित छ।

चुनावमा हिंसा हुन्छ भनेर डराउने हो भने हिंसा नहुने चुनाव गराउन अझै एक शताब्दी कुरे पनि हिंसाको भय रही रहन्छ। पहिलो राष्ट्रिय जनआन्दोलनको पूर्वसन्ध्यामा सर्वमान्य नेता गणेशमान सिंहको आवासमा आयोजित नेपाली कांग्रेसको सम्मेलनमा भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले भन्नु भएको थियो- जनताको मनबाट भय नहटाएसम्म कुनै पनि देशले प्रगति गर्न सत्तै्कन। भय नै प्रगतिको सर्वाधिक अग्लो अवरोधक हो।

संविधान सभाको अवसानपछि, अहिलेको प्रतिनिधित्वविहीन शून्य समयमा राजनीतिक दलहरूले चुनावका लागि सहमति बनाउन सकेनन् भने सत्तामाथि माओवादी पार्टीको कब्जा यथावत रहिरहनेछ। अरू कसैले सत्ताको कल्पना पनि गर्न पाउने छैनन्। अस्थिर सरकारहरूका कारण दिक्क भएका जनताले देशमा माओवादीबाहेक अरू दल छन् भन्नेसमेत बिर्सिने अवस्था आउन सक्छ। प्रतिनिधि सभाको अभावमा सहरका सडक पेटी र गाउ"का गल्ली गल्छौँडा स्वतःस्फूर्त जनप्रतिनिधि सभामा रूपान्तरित हुनेछन्। संविधान सभाले आपसी सहमतिमा संविधान लेख्न नसकेको आक्रोश बेहोर्नु पर्नेछ दलहरूले। असन्तोषको पराकाष्ठा भनेकै अराजकता हो। अहिले चुनावसँग विमति जनाइरहेका दलहरूले यो यथार्थको सामना नगरेर शितल निवास वा अरु कुनै निवासको चोर बाटोबाट राजनीतिक समाधान खोजे भने उनीहरू कहिल्यै उठ्न नसक्ने गरी थचारिने छन्। त्यति बेला शितल निवासले पनि जनताको आस्था गुमाउनेछ। आजको चरम राजनीतिक यथार्थ यही हो।
प्रतिक्रियाहरू (8)Add Comment
0
Dr. Suresh Thapa
June 17, 2012
145.225.60.4
भोट: +18
...

जब किशोर नेपाल यस पत्रिकाका सम्पादक भए, तबदेखि यो पत्रिका माओबादीको प्रबक्ता जस्तो बनेको छ, स्वतन्त्र पत्रकारिताको मूल धर्मबाट बिचलित पो भएको हो जस्तो भान हुन् थालेको छ, साथै यी सम्पादकको लेखाइ कथा र जीवनी जस्तै लाग्छ.

0
Dr. RC Shrestha, USA
June 17, 2012
124.41.245.155
भोट: +8
...

किशोरजी यो पत्रिकामा सम्पादक भएपछी यो पत्रिका मा आउने सम्पादकीय पढ्दा धेरै कुरा प्रस्ट हुन्छन . त्यसैले किशोर जी ले माओबादीको पक्छ्यमा लेख्नु अनौठो कुरो भएन. एउटा दुख चाही के लाग्छा भने एउटा डेमोक्रेटिक पेपर...पढ्ने नहुने गरेर जान लाग्यो..

0
Prem Tamu
June 17, 2012
161.74.220.5
भोट: +0
...

Tapai Dr. Suresh Thapa. Tapai ko bichar ra sonch Dr. jasto lagena. Kishor Nepal ko lekh ra bichar ahile ko samaya ra paristithi ko mag anusr yathartha dharatal ma lekhnu bhaeko chha. Kuro 100% right. So, if you are Dr. I suggest you that you need to take off your UML & NC hat and try to be a real Nepali ama ko chhora.

0
jung
June 17, 2012
92.40.254.15
भोट: +3
...

lekhak ko bichar wastavma ahileko nikashko uttam bikalpa ho. sabai dalharule milera chunab nispaksya ra dhadalirahit banaunema jod dinu parchha ra deshlai sahi nikash dina saknu parchha.

0
Yogeswor
June 17, 2012
49.244.9.251
भोट: +1
...

माओवादीको एलर्जी हुनेहरुलाई माओवादी वारेको सानो भन्दा सानो कुरा उठाउंदा पनि असह्य हुन्छ । शायद यसैलाई पुर्वाग्रह भनिन्छ ।

0
Phurpa Sherpa
June 18, 2012
95.35.209.214
भोट: +1
...

Yi maathi ka Doctor Saaheb harulai pani maoist phobia bhaka rahechhan. Yini haru ko ilaaz chahi kun hospital ko kun specialist doctor bata garauna sakinchha hola ? Democracy bhanne ani election bata pachhi hatne ? Yo nai ho Democracy Doctor Saa'b ?

0
krishna pun
June 18, 2012
94.59.7.211
भोट: +0
...

kishor ji le lekhnu bhayeko kuraa sahi chha, election nai ho nepal ko bhabisya ko baato bhaneko, nepali congress ra uml laai raamrai thaha chha, election hune ho bhane pakkai haarinchha, haamro naam khaali etihaas ko paannaa maa maatrai simit hune chha bhannera, election pachhi ko sattaa maiost ko hune chha bhanne thaha paaye pachhi ,,election roknalaai yo chaal baaji gardai chha.

0
Bibek Pathak
June 18, 2012
49.244.27.107
भोट: +0
...

आफुलाई जे लग्यो त्यसैको समर्थन मा लेख्यो भने त्यो लोकतान्त्रिक पत्रिका हुने अनि आफुलाई लागेको भन्दा फरक लेखियो वा छापियो भने त्यो पत्रिका अलोक्तान्रिक मात्रै हो र पित पत्रकारिता हुने। यो नेपाली हरुको सोनाम्धन्य बुद्दिजिबी पन ले नै नेपाल लाइ आजको यो अवस्था मा पुराएको हो। किशोर जी को मत अहिलेको सत्यता हो।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता