निर्वाचन र महिला

E-mail Print
(1 vote, average 2.00 out of 5)
'जुन सुकै समाज र परिस्थितिमा पनि परिवर्तनका लागि सबैभन्दा पीडितहरु आफैले प्रयास गर्नुपर्छ। जसले विशेषाधिकारको फाइदा लिइरहेको छ, उनीहरुले व्यवस्थाका कारण नजानेर पनि अरुलाई सीमान्तीकरण गरिरहेका हुन्छन्। उनीहरु आफ्नो विशेषाधिकार समाप्त हुन्छ भनेर पनि परिवर्तनमा सामेल हुन सक्दैनन्। यो हामी महिलाहरुले कै जिम्मेवारी हो।' यी अभिव्यक्ति दक्षिण अफ्रिकाकी तत्कालिन सभामुख फ्रेन जिन्वालाका हुन्। उनले दक्षिण अफ्रिकी संस्दलाई सम्बोधन गर्दै भनेका विचारहरु नेपाली समाजका लागि पनि उत्तिकै सार्न्दर्भिक छन्।

निर्वाचन भनेको राष्ट्र र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउने मौका हो। सार्वभौमसत्ताको प्रयोग गर्न पाउने सुनौलो अवसर पनि। अनि, स्वतन्त्र रुपमा जनताले सहभागिता जनाउने विधि हो निर्वाचन। त्यसैले निर्वाचनलाई जनताले आफ्ना लागि आफै शासनको प्रयोग गर्न पाउने माध्यमका रुपमा लिइन्छ। त्यसैले त निर्वाचन लोकतन्त्रको जग, अनि जनताको इच्छा मापन गर्ने साधन बनेको छ। ऐनारुपी निर्वाचनबाट लोकतन्त्रको अवस्था, जनताको सहभागिता, त्यसको परिणाम निर्धारण, जनताको निर्णयको सम्मान अनि समाज शक्तिको निर्माण अवसान र शान्तिपूर्ण हस्तान्तरणजस्ता मूल्य र पद्धतिहरु के कसरी प्रयोग भएको छ भन्ने देख्न सकिन्छ।

लोकतान्त्रिक पद्धतिमा नागरिकलाई समान हैसियतमा व्यवहार गर्ने विश्वास राखिन्छ। यो लोकतान्त्रिक संस्कारको संचालन पनि हो। त्यसैले निर्वाचनलाई लोकतन्त्रको मेरुदण्डका रुपमा बुझिन्छ । लोकतन्त्रमा सबै वर्ग जाति लिंग अनि सम्प्रदायका मानिसको राज्यका सबै अंगहरुमा सक्रिय सहभागिताको अपेक्षा राखिन्छ। विडम्बना भन्नुपर्छ- विगतदेखि वर्तमानसम्मका हरेक राजनीतिक क्रान्ति एवं परिवर्तनका संवाहक बन्दै आए पनि महिला राज्य सत्ताको निर्णायक संयन्त्रमा बराबरीको हैसियतमा आउन पाएका छैनन्। महिला लक्षित यी असमान व्यवहारहरु विश्वव्यापी समस्या हुन्। नेपाली सर्न्दभमा भन्नुपर्दा अझै पनि राजनीतिक र सार्वजनिक जीवनमा नेपाली महिलाको सहभागिता उल्लेख्य हुन सकेको छैन।

परम्परागत पुरुषबादी सोचले निर्देशित भएर बनाइएका संरचनाहरुको कारण लोकतान्त्रिक पद्धति अँगालेका देशमा पनि महिलाले उम्मेदवारी दिनेदेखि जितेर संसद्मा आफ्नो प्रतिनिधित्व बरावरीमा पुर्‍याउन सहज छैन। राज्य संचालनको लागि पस्ने ढोका राजनीति हो। र, राजनीति सामूहिक प्रयास पनि जहाँबाट सम्पूर्ण आवश्यकताका कुराहरु सुनिन्छन् भन्ने ठानिन्छ। तर नेपाली समाज भने राजनीतिमा प्रवेश गर्न चाहने महिलाका लागि राजनीतिक, सर्वाजनिक र सांस्कृति मान्यताहरु त्यति मित्रवत भएको पाइदैन। त्यसैले महिलाका लागि राजनीति एउटा अग्नीपथ बनेको छ। आइसकेका न्यून संख्याका महिलालाई समयको व्यवस्थापन, मतदातालाई लक्षित गर्न, कार्यकर्ता परिचालन गर्न, संचार माध्यम केन्द्रित हुन्। अनि कोष संकलन र कार्य क्षेत्र रणनीति तय गर्न पनि अप्ठ्यारो छ। अर्कोतिर पहुँच पनि छैन। शासन सत्ताका लागि जाने पहिलो थलो संसद्मा विजयी हुन झनै गाह्ो छ। निर्णायक ठाउँमा नहुँदासम्म महिलाका राजनीतिक, सामाजिक, आर्थिक मुद्दाको वकालत हुन नसक्ने रहेछन् भन्ने प्रमाणित भइसकेको छ। महिला अमैत्री राजनीतिक वातावरणमा परिवर्तन गर्न सजिलो पनि छैन र एकै दिनमा हुने विषय पनि होइन। तर, यसका लागि बहस छलफल एवं दवावमूलक कार्यक्रम निरन्तर चाहिन्छ।

महिला स्वयम् सम्भावित पदका लागि उम्मेदवारका रुपमा उठ्ने दृढ निर्णय गर्न नसकिरहेको स्थिति छ। प्रायजसो सबै परम्परागत राजनीतिक संस्कृति पुरुषहरुका लागि अनुकूल हुने गर्छ। यसले पुरुषहरुलाई राजनीतिमा बढी चासो, ज्ञान रुची र राजनीतिक महत्वाकांक्षा तर्फ उत्प्रेरित गर्छ र स्रोतमा तिनीहरुको सहज पहुँच पनि हुन्छ। संसद्मा महिलाअध्ययनअनुसार लगभग सबै मुलुकमा ५० प्रतिशत भन्दा बढी महिलाहरु राजनीतिक कार्यमा लाग्न सक्षम हुन्छन र काम थाल्छन् तर आफू स्वयमलाई छान्ने पहिलो चरणपछि नै त्यो प्रणाली पुरुषहरुतर्फ मोडिन्छ।

उम्मेदवारको छनौट पार्टीहरुको महत्वपूर्ण काम हो। हरेक राज्य र दलहरुबीच मनोनयन प्रक्रिया फरक हुन्छन्। यस अवस्थामा पार्टीभित्र नै महिला प्रतिनिधित्व सुनिश्चित गर्न केही स्पष्ट नीति नियमहरु समावेश गराउन पहल गर्नु पर्छ किनभने उम्मेदवार छनौट गर्नका लागि स्पष्ट नियम भएको प्रक्रियाले महिलाका लागि स्पष्ट लाभ पुर्‍याउन सक्छ। त्यसैले दलका जिम्मेवार नेताहरुले उम्मेदवार चयन गर्ने चरणमा नै महिलालाई औपचारिक रुपमा प्रवेश गराउने सकेमात्र पार्टीद्वारा छानिने प्रक्रियामा महिला ओझेलमा पर्दैनन्।

प्रतिनिधित्वका लागि हुने हरेक निर्वाचनमा सदस्य हुनका लागि अन्तिम अवरोध मतदाताहरुद्वारा छानिनु हो। धेरैजसो मतदाताहरुले प्राथमिक रुपमा व्यक्ति विशेष उम्मेदवारलाई नभई पार्टीलाई मतदात गर्छन्। यो बन्दसूची समानुपातिक प्रतिनिधित्व प्रयोग गर्ने निर्वाचन प्रणालीका हकमा निश्चित रुपमा सही पनि हो। त्यस प्रक्रियाको महत्वपूर्ण चरण पार्टीद्वारा वास्तवमै मनोनयनमा पर्नु हो। यस दृष्टिकोणलाई हेर्दा निर्वाचन प्रणाली परिवर्तन गर्नुले निकै फरक पर्दछ। २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली भएकाले महिला सभासदको एक तिहाई प्रतिनिधित्व हुन सक्यो।

त्यस्तै, सन् १९९४ भएको आम नरसंहारपछि सन् २००३ सम्म रुवान्डामा संक्रमणकालिन सरकार बन्यो। त्यही सरकारको नौ वर्षे शासनकालमा नियुक्तिद्वारा संसद्मा महिला प्रतिनिधित्व २५.७ प्रतिशतमा पुर्‍यायो। र, लैंगिक आधारमा संवेदनशील नयाँ संविधान लागू भयो। तर २००३ को पहिलो संसदीय निर्वाचनमा महिलाले करिब ५० प्रतिशत अर्थात ४८.८ प्रतिशत सिट जिते। संसद्मा पुरुष र महिला प्रतिनिधित्वमा करिब समानता प्राप्त गरेर यो देश संसद्मा निर्वाचित महिलाहरुको संख्याका दृष्टिले अहिले विश्वका सबै राष्ट्र मध्ये पहिलो दर्जामा पुगेको छ। महिलाहरु निम्ति यस प्रकारका नाटकीय उपलब्धीहरु कसरी भए होलान् त? निसन्देह, महिलाको राजनीतिक सहभागिता वृष्द्धि गर्न प्रयोग गरिएका संयन्त्रहरु, जस्तै संवैधानिक सुनिश्चिता, कोटा प्रणाली र नयाँ निर्वाचन संरचनाको एउटा राम्रो नमूनाको प्रतिफल हो।

नेपालमा पनि विघटित संविधान सभामा ३३.२ प्रतिशतको महिला प्रतिनिधित्व कोटा प्रणालीकै कारण संभव भएको हो। संविधान सभामा महिला प्रतिनिधिहरु सबल भएकै कारण विभिन्न समितिहरुमा महिलाले अध्यक्षता गर्दै महिलामैत्री व्यवस्थाहरु प्रस्तावित भएका छन्। प्रतिनिधि सभाको समानुपातिक निर्वाचनमा राजनीतिक दलले उमेद्वारी दिंदा महिला, मधेशी, थारु, उत्पीडित जाति, दलित, आदिवासी जनजाति, मुस्लिम, पिछडिएको क्षेत्र, वर्ग र समुदायबाट प्रतिनिधित्व गराउनु पर्ने छ। कम्तीमा एक तिहाई सदस्यहरु महिलाबाट प्रतिनित्व गराइने छ। प्रतिनिधिसभाको समामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने छ। निर्वाचन प्रक्रियाई सरसर्ती हेर्ने हो भने संविधानसभाको निर्वाचनमा अपनाइएको समानुपातिक निर्वाचन प्रणाली नै आउँदा दिनमा हुने निर्वाचनका लागि महिला प्रतिनिधित्व बढाउन उपयुक्त हुने छ।
bishnusarma@gmail.com

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता