२५ दलका शीर्ष नेता बोलाएर राष्ट्रपतिले भने- 'छिटै सहमति जुटाउनुहोस्'

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ३ (नागरिक)- संविधानसभा अवसानको तीन सातापछि २५ दलका शीर्ष नेता बोलाएर राष्ट्रपतिले परामर्श गरेका छन्। विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेता बोलाएर राष्ट्रपतिले छिटो सहमति जुटाएर राजनीतिक शून्यताको निकास खोज्न आग्रह गरे।

आइतबार बिहान भएको छलफलमा संविधानसभाको अवसानपछिको राजनीतिक शून्यता भएकाले त्यसको अन्त्य गर्न राष्ट्रपतिले आग्रह गरेको राष्ट्रपति कार्यालयद्वाराज जारी विज्ञप्तिमा बताइएको छ। परामर्शका क्रममा राष्ट्रपतिले सहमति कायम गरेर अघि बढ्न जोड दिएका थिए।

 

'सामाजिक सद्‌भाव विथोलिन सक्ने संभावनाले देशबासीलाई चिन्तित तुल्याएको छ', राष्ट्रपतिले नेतालाई भनेको भनाइ उदृत गर्दे विज्ञप्तिमा भनिएको छ- 'मुलुकको दैनिक शासन प्रशासनको सञ्चालन तथा मुलुकको अवरुद्ध राजनीतिलाई पुनः निकास दिने सम्बन्धमा तपाइँहरुबाट अविलम्ब ठोस पहल हुने अपेक्षा राखेको छु।' सद्‌भाव कायम राख्नेतर्फ राष्ट्रपतिले जोड दिएका छन्।

बैठकमा दलका शीर्ष नेताहरुका अतिरिक्त उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री बाबुराम भट्टराई समेत उपस्थित थिए।

राजनीतिक निकासका लागि राष्ट्रपतिले कानुनी र राजनीतिक परामर्श तीव्र पारे लगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहालले हिजैदेखि कांग्रेस-एमालेका शीर्ष नेतासँग छलफल तीव्र पारेका थिए। हिजो उनले कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल तथा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए।

छलफलका क्रममा कांग्रेस-एमालेका नेताहरुले यसअघि शक्ति बाँडफाँडका लागि भएको ५ बुँदे सहमति अनुसार अघि बढ्न माओवादी अध्यक्ष दाहाललाई आग्रह गरेका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता