सशस्त्र समूहका नेता भारतमा मारिए

E-mail Print
(5 votes, average 4.40 out of 5)
रितेश त्रिपाठी, वीरगञ्ज, असार ३- विभिन्न सशस्त्र समूहको नाउँमा वीरगञ्जमा फिरौती असुल्ने कार्यमा संलग्न मोहित यादवको गए राति भारतको रक्सौलमा गोली हानी हत्या भएको छ। वीरेन्द्र यादवको मोटरसाइकल पछि बसेर गइरहेका बेला रक्सौलको लक्ष्मीपुर चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो।

यादवले वीरगञ्जका व्यापारीसँग जनतान्त्रिक तराइ मुक्ति मोर्चा गोइत समूहको नाउँबाट लामो समयदेखि रकम असुल्दै आएका थिए। पछिल्लो समयमा उनी जनतान्त्रिम मुक्ति मोर्चा भगत सिंह समूहको नाउँमा पैसा असुल्ने गरेको प्रहरीको भनाइ छ।

भारतीय प्रहरीले हत्याको पुष्टि गरेको छ। 'हामीले ८ बजे थाहा पायौं', रक्सौल ठानाका सब-स्पेक्टर माधव सिंहले भने- 'शव उठाएर ल्याएका छौं। घटनाको अनुसन्धानपछि
शवलाई पोष्टमार्टमका लागि पूर्वी चम्पारम जिल्लाको मोतिहारीस्थित सदर अस्पताल पठाउँदैछौं।'

हत्या भएका यादव बारा जिल्लाको खपुवा-१ का स्थायीबासी हुन्। पछिल्लो समयमा भारतको रक्सौल नौका टोलमा बस्दै आएका थिए।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता