मिनिट्रकको ठक्करबाट एकको मृत्यु, ४ जना गम्भीर

E-mail Print
(1 vote, average 2.00 out of 5)
तनहुँ, असार ३ (नागरिक)- पोखराबाट नारायणघाटतर्फ जाँदै गरेको बा.२ ख ९२०८ नम्बरको मिनिट्रकको ठक्करबाट तनहुँमा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइते मध्ये ३ को अवस्था गम्भीर रहेको छ।

मृत्यु हुनेमा जामुने-९ का प्रेम नेपाली रहेको प्रहरीले जनाएको छ। उनको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो। गम्भिर घाइते हुनेहरुमा सोही ठाउँका विष्णु परियार, बुद्धि बहादुर वि.क र शम्भु अधिकारी रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ।

सडक किनारमा गफ गरेर बसेको समयमा तिब्र गतीमा आएको मिनीट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शी रामजी बि.कले बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता