Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

राष्ट्रपतिलाई अभिभावकीय भूमिका निर्वाह गर्न कांग्रेस-एमालेको आग्रह

E-mail Print
(3 votes, average 3.67 out of 5)
सबै दल एक ठाउँमा उभिनुको विकल्प छैन : दाहाल

काठमाडौं, असार ३- प्रमुख तीन दलका शीर्ष नेताहरुले मुलुकलाई संवैधानिक गतिरोधको अवस्थाबाट शीघ्र निकास दिन आफूहरु सहमतिको प्रयासमा रहेको बताएका छन्। सामूहिक भेटवार्तापछि पुनः राष्ट्रपतिसँग एक्लै भेटवार्ता गरेका एमाले अध्यक्ष खनालले एमाओवादीको अध्यादेशका आधारमा शासन गर्ने पद्धतिप्रति सबै दलको गम्भीर आपत्ति रहेको बताए।

सहमति कायम नगरी कुनै पनि अध्यादेश पारित गर्न उपयुक्त नहुने दलहरूको अडानबारे आफूले राष्ट्रपतिलाई स्मरण गराएको उल्लेख गर्दै उनले अन्तरिम संविधानले गरेको व्यवस्थाअनुरुप अभिभावकीय भूमिका निर्वाह गर्न पनि आफूले राष्ट्रपतिलाई आग्रह गरेको जानकारी दिए।

संविधानसभाको अवसानपछि गहिरिंदै गएको संवैधानिक जटिलताबाट मुलुकलाई मुक्त गर्ने प्रयासमा आफूहरू क्रियाशील रहेको बैठकबाट बाहिरिएका दलका नेताहरूले बताए।

राष्ट्रपति रामवरण यादवसँग आज बिहान सामूहिक भेट गरेपछि शीतलनिवासबाट बाहिरिएका नेताहरूले सञ्चारकर्मीहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिदै आपसी सद्भाव एवम् सहमति कायम गर्दै राष्ट्रलाई राजनीतिक एवम् संवैधानिक रिक्तताबाट चाँडो पार लगाउने प्रतिबद्धता व्यक्त गरे।

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले ठूलो दलको हैसियतले आफूले दलीय परामर्श थालिसकेको उल्लेख गर्दै त्यसले छिट्टै परिणाम देखाउनेमा आफू आशावादी रहेको बताए।

'सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प छैन'- राजनीतिक पार्टीहरूबीच एकता अपरिहार्य भएको उल्लेख गर्दै उनले भने। नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकार गठनलगायत वर्तमान राजनीतिक सङ्कटबाट देशलाई निकास दिन एमाओवादी गम्भीर हुनुपर्नेमा जोड दिए।

विगतमा भएका सहमतिअनुरुप एमाओवादीले काम गर्नुपर्छ भन्दै सभापति कोइरालाले सहमति गर्दै जाने अनि तिनलाई कार्यान्वयन नगर्ने प्रवृत्तिले विश्वासको वातावरण बिग्रेको बताए। नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले देशलाई दिशाविहीनतातर्फ धकल्ने काम कहिँकतैबाट हुन नहुने उल्लेख गर्दै यथाशीघ्र सहमतिको सरकार गठन गर्न प्रधानमन्त्रीले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्ने विचार व्यक्त गरे।

'भिडन्तको स्थितिबाट मुक्त हुन चाँडो भन्दा चाँडो राजनीतिक सहमति गर्नेतिर लागौं'- संवाद, सहमति र सहकार्यबाटै सबै जटिलताको निरुपण खोजिनुपर्दछ' उनले भने। रासस

प्रतिक्रियाहरू (1)Add Comment
0
krishna pun
June 18, 2012
94.59.7.211
भोट: +0
...

congress ra uml le maiost dherai choti dhokaa diyeko chha,,,pahilaa maiost le uthaaye ko ayjendaa maa sahamati hunu parchha taba congress ra uml le jay bhanchhatyasai maa sarkaar maannu parchha..

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता