नेपाल भित्रियो मनसुन

E-mail Print
(2 votes, average 3.00 out of 5)
श्याम भट्ट, काठमाडौं, असार ३- बहुप्रतीक्षित मनसुन शनिबार राति मुलुकको पूर्वी सीमाबाट नेपाल भित्रिएको छ। आइतबार साँझसम्म उपत्यका पुग्ने पानी बोकेका बादल दुई/तीन दिनमा मुलुकभर छरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आफ्नो समयभन्दा ६ दिनपछि मनसुन नेपाल प्रवेश गरेको हो। मनसुनले पूर्वी  नेपालका अधिकांश स्थानमा वर्षा गराएको छ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन चाहेजस्तो भन्दा पनि  कमजोर अवस्थामा प्रवेश गरेकाले पूर्वी नेपालमा राम्रो वर्षा हुन सकेन। सामान्यतया मनसुन प्रवेश गर्दा ४० मिलिमिटर वर्षा हुनुपर्नेमा पूर्वी पहाडी जिल्लामा आइतबार २० मिलिमिटर भन्दा बढी वर्षा हुन सकेको छैन। 'मनसुन कमजोररूपमा भित्रिए पनि मनसुनी प्रक्रिया र अवस्था भने वातावरण अनुकूल भएकाले बलियो हुने सम्भावना भने जीवतै रहेको' अर्यालले बताए । पूर्वी वायुको अवस्था राम्रो भएकाले यस्तो अनुमान गरिएको हो। नेपालको मनसुनलाई बङ्गालको खाडीले प्रभावित गर्ने गर्छ ।  खाडीबाट आउने वाष्पयुक्त हावा उत्तर पश्चिम बगे मात्र नेपालमा मनसुन सुरू हुन्छ। मनसुनलाई पूर्वी दक्षिण हावाले नेपाल ल्याइ पुर्‍याउने हो।

आइतबार उपत्यकाका शहरले निन्द्रा छाड्नुअघि नै आफू आएको सङ्केत मनसुन दिइसकेको थियो।
प्रतिक्रियाहरू (1)Add Comment
0
kale kisne
June 17, 2012
182.50.64.67
भोट: +11
...

you are most welcome dear Meghdoot! hope you recognize this erstwhile Nepal which is now "ekal jatiya bahupahichan sanghiya ganatantra nepal" as they call it. writing to you just in case you don't recognize your favourite land that you nourished for all these millions of years.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता