सहमतीय सरकारका लागि राष्ट्रपतिले हस्तेक्षपकारी भूमिका खेल्नुपर्छ : महत

E-mail Print
(2 votes, average 3.50 out of 5)
सुदर्शन सापकोटा, काठमाडौं, असार ३- कङ्ग्रेस नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले हस्तेक्षपकारी भूकिका खेल्नुपर्ने बताएका छन्। उनले संसद् नभएको बेला प्रधानमन्त्रीको कुनै हैसियत नभएकाले यथाशीघ्र सहमतीय सरकार गठन गर्नुपर्ने स्पष्ट पारे।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित अर्थसम्वाद कार्यक्रममा बोल्दै नेता महतले राष्ट्रपति आफैंले अहिलेका प्रधान मन्त्रीलाई 'कामचलाउ' को दर्जा दिइसकेकाले यस्तो बेलामा सहमतीय सरकार गठनका लागि सक्रिय हुनुपर्ने सुझाव दिए।

उनले निर्वाचन हुनुपर्छ भन्दै तर यो राष्ट्रिय सहमतिको सरकार निर्माण गरेरमात्र सम्भव हुने औल्याए। 'संविधान सभा विघटन भइसकेपछि अहिलेसम्म राष्ट्रिय सहमतिको सरकार बनिसक्नुपर्ने हो,' नेता महतले भने- यसरी नै ढिला भयो भने निर्वाचन सम्भव छैन।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता