Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 05th

विषालु च्याउ खाँदा तीनको ज्यान गयो

E-mail Print
(0 votes, average 0 out of 5)
चाँदनी हमाल, चितवन, असार ३- चितवनको विकट गाविस कविलास-७, मा विषालु च्याउ खाएको चेपाङ परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीया सोमति चेपाङ, उनका दुई छोरा ९ वर्षीय मानबहादुर चेपाङ र ६ वर्षीय सन्तकुमार चेपाङको मृत्यु भएको हो।

अन्य दुई जनाको सिकिस्त अवस्थामा भरतपुर अस्पतालमा उपचार भैरहेको छ।
शनिबार सन्तकुमार, आइतबार बिहान मानबहादुर र दिउसो सोमतिको मृत्यु भएको अस्पतालले जनाएको छ। गत जेठ ३२ गते बिहान विषालु च्याउको तरकारी खाएका उनीहरुलाई सिकिस्त अवस्थामा भरतपुर अस्पतालमा भर्ना गरिएको थियो।

गाउँ नजिकैको जसवान जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाने वित्तिकै उनीहरु विरामी परेका थिए। स्थानीय गाउँलेको सहयोगमा ३२ गते दिउँसो भरतपुर अस्पताल ल्याइपुर्‍याइएको थियो।

च्याउ खाएर बिरामी परेका सोमतिका ३५ वर्षीय श्रीमान बुद्धिबहादुर चेपाङ र अर्का छोरा १८ वर्षीय अर्जुन चेपाङको भरतपुर अस्पतालमै उपचार भैरहेको छ। चितवनका विकट ग्रामिण क्षेत्रका चेपाङ सहित जनजाति समुदायहरु जंगली गिठा, भ्याकुर, च्याउलगायत संकलन गरेर खानामा प्रयोग गर्ने गर्छन्।

खाद्यान्नको अभाव रहेका पहाडी गाउँमा हिँउद र खानेकुरा नभएको ६ महिना उनीहरुको जंगली कन्दमुलबाटै जीविकोपार्जन गर्छन्। दुई वर्षअघि चिवतनको लोथरको कान्दा गाउँमा विषालु च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता