वैद्यको नयाँ पार्टी बेमौसमी बालीजस्तै हुनेछ : माओवादी नेता गजुरेल

E-mail Print
(1 vote, average 5.00 out of 5)
अमर खड्का, इटहरी, असार ३- एकीकृत माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले वैद्य पक्षीयले नयाँ पार्टी खोल्नु बेमौसमी बाली लगाउनुजस्तै भएको टिप्पणी गरेका छन्। मंसिरमा धान रोपेर कहीँ धेरै फल लाग्छ भन्दै उनले तर्क गरेका थिए।
 
'धान रोप्ने बेला असारमा हो, मंसिरमा फल लाग्ने बेलामा धान रोप्दा हुन्छ?,' सगरमाथा अरोहण गरेका माओवादीका दुई नेतालाई सम्मान तथा अभिनन्दन गर्न आइतबार इटहरीमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल निकट गजुरेलले प्रश्‍न गर्दै भने, 'अहिले जनताले फलको आशा गरेकाले वैद्य पक्षले नयाँ पार्टी खोल्दा पछुताउनेछन्।'

उनले वैद्य पक्षीयले नयाँ पार्टी खोलेपछि जनतामाझबाट बढारिएर जाने दाबी गरे। वैद्य पक्षीयको राजधानीमा जारी राष्ट्रिय भेलाले नयाँ पार्टी घोषणा गर्ने निर्णय गरीसकेको छ।
'फल प्राप्तिका लागि नेपाली जनताले १० वर्षे जनयुद्ध गरे त्यसपछि १९ दिने जनआन्दोलन अनि मधेस आन्दोलनमा सहभागी भए,' उनले भने, 'अब त जनतालाई प्रतिफल पो चाहिएको छ। जसले जता भन्यो त्यतै जनता जादैनन्।' उनले पार्टी नेतृत्वलाई वैद्य पक्षले हरेक समय काम गर्न असहज वातावरण सिर्जना गर्दै आएकाले समस्या परेको पनि बताए।

'रुख चढ्न खोजेका बेला तलबाट तान्ने अनि रुख चढ्न सकेन भनेर भन्दा हुँदैन, वैद्य पक्षले पूरै नेतृत्वलाई असहयोग गर्ने रणनीतिले अघि बढेकाले पनि शान्ति र संविधान टुङ्गोमा नपुगेको हो,' गजुरेलले भने। उनले दलहरुबीच सहमति नभएमा र मंसिरमा चुनाब नभए शक्ति भएको समूहको विजय हुने दाबी गरे।

'शक्ति सघर्षमा जुन शक्तिलाई जनताले साथ दिन्छन, त्यही शक्ति माथि हुनेछ। जनताले हाम्रो पार्टीलाई साथ दिनेछन,' नेता गजुरेलले भने। उनले सरकारबिरुद्ध अभियानमा दलहरु लागेकाले गर्दा मुठभेड निम्तिने खतरासमेत रहेको बताए। प्रधानमन्त्री ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो प्लस ट्वान्टी सम्मेलनमा भाग लिन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घेराउ तथा कालो झण्डा देखाउँने निर्णय सरकारविरोधी आन्दोलन थालेका कांग्रेस-एमाले लगायतका दलहरुले गरेका छन्। 'प्रधानमन्त्रीलाई रोक्न खोज्नु भनेको मुठभेड निम्त्याउँने चाल हो,' उनले भने, 'भोलि परिस्थितिले फरक मोड लिएमा महाभारतमा पाँच पण्डवले विजय गरेजस्तै आफ्नो पार्टीले पनि विजय हासिल गर्नेछ।' उनले सरकारविरोधी आन्दोलनमा रहेका दलहरुलाई माओवादीलाई कमजोर नसोच्न चेतावनी दिए।
'हामीले अरु के धेरै कुरा मागेका छौं र पहिचानसहितको संघीयता त मागेका हौं नि,' उनले भने, 'कांग्रेस र एमालेले ७० प्रतिशत जनतालाई उपेक्षा गरेर पार्टी चलाउने सोचले जनताले साथ दिँदैनन्। उनीहरुको जनमत देखिसक्यो।' उनले कांग्रेस-एमालेसहितका दलले राजधानीमा गरेको कार्यक्रमभन्दा कमल थापाको कार्यक्रम राम्रो भएकाले कांग्रेस-मालेले सोच्नुपर्ने सुझाव दिए।

कार्यक्रममा शान्ति र संविधानका लक्ष्य लिएर सगरमाथा आरोहरण गरेका माओवादीका कोचिला राज्य समिति सचिवालय सदस्य शिव डागी र विद्यार्थीका नेता मदन चुडाललाई नेता गजुरेलले सम्मान तथा अभिनन्दन गरे। सम्मान तथा अभिनन्दन गर्दै उनले भने, 'शान्ति र संविधान पूरा नभएकाले उत्साहपूर्वक कार्यक्रम गर्न पाइएन।' सो क्रममा सगरमाथा आरोहण गर्दा भोगेका अनुभव डागीले सहभागीलाई सुनाएका थिए।

प्रतिक्रियाहरू (1)Add Comment
0
dikhukpa
June 18, 2012
110.44.126.21
भोट: -1
...

malai ke lagchha yo maobadai ma baicharik matbhed bhandai lamo aantarik bhairako chha tyo baicharik matrai haina tyasma arule nadekheko arko pato pani chha tyo ho arthik pakshya, ahile jo sanstapan pakshya ma ubhine haru prayajaso neta bhanauda haru baicharik dristi le aaye ka hoinan uniharu khali bhautik yogdan garera aayeka hun jasle dusman lai safaya garne ani bank lootne jasta karya gare ani ahile aayera shortcut ma paisa kamauna tira lage bhanau bhrasta bhaye ani party lai badnam garaye tara jasle baicharik yogdan uniharu chai chhaya ma pare jo ahile baidya pakshya ma chhan

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता