एमाले नेताद्वारा यौन दुर्व्यवहार

E-mail Print
(5 votes, average 3.20 out of 5)
विराटनगर, असार ४ (नागरिक)- नेकपा एमाले मोरङ जिल्ला सदस्य हरिप्रसाद पौडेलको 'यौनकाण्ड' शनिबार इलाका प्रहरी कार्यालय पथरीको रोहबरमा मिलाइएको छ। सामाजिक छलफलमा आरोपित पौडेल बस्न नमानेपछि पीडित महिलाले प्रहरीमा शुक्रबार जाहेरी दिएकी थिइन्।
 

घटना विवरणअनुसार मोरङ बयरवन-९ घर भएका पौडेलले छिमेकी महिलालाई गत वैशाख २७ गते यौन दुर्व्यवहार गरेका थिए। स्थानीय ग्रामीण सुधार सामुदायिक वनका अध्यक्षसमेत रहेका पौडेलले सो वनकै पदाधिकारी रहेकी करिब २५ वर्षीया महिलालाई उनको घरमै पुगेर दुर्व्यवहार गरेका हुन्।

दुई छोराकी आमा पीडित महिलाका श्रीमान हाल वैदेशिक रोजगारमा छन्। घरमा श्रीमान नभएको मौका छोपेर पौडेलले ती महिलासँग हिमचिम बढाउने अनेक प्रयत्न गर्दै आएको एक स्थानीयले बताए।

गाउँभरि हल्ला फैलिए पनि सामाजिक छलफलमा पौडेल आउन नमानेपछि महिलाले न्यायका लागि प्रहरीसँग गुहार मागेकी थिइन्। प्रहरी कार्यालयमा भएको छलफलमा आरोपी पौडेलले माफी मागेपछि घटना साम्य बनाइएको छ।

उता प्रहरीले भने मिलापत्र भइसकेको विषय भन्दै घटनाबारे थप जानकारी दिन चाहेन। पीडित महिलाको उजुरी परेको स्वीकार्दै प्रहरी निरीक्षक केशव भट्टराईले भने, 'सम्बन्धित व्यक्तिबीच मिलापत्र भइसकेकोले कानुनी कारबाही आवश्यक देखिएन।' स्थानीय स्तरमा सम्मानित हैसियत बनाएका पौडेलको असलियत ढिलै भए पनि छताछुल्ल भएको छ।

प्रतिक्रियाहरू (3)Add Comment
0
Rc poudel
June 18, 2012
82.145.210.148
भोट: +2
...

Yasta aru pani thuprai neta haru chha....rajnitiko khol odera samajma bikritee failaaune jo kihilai pani 6odnu hudaina....yathaasighra karbaahi gariyosss...

0
दिवा़कर बिष्ट
June 18, 2012
115.187.16.2
भोट: +1
...

ऐमालेले आङ काजिलाई निकाल्नु भन्दा यस्ता चरित्रहिन नेतालाई पो निकाल्ने हो कि ?

0
tulasha acharya
June 18, 2012
116.66.193.244
भोट: +0
...

desh banaune netako hera behora. kina neta banera hednu. 1 ota mahila mathiko durbyabahar hera. usko lifeko barbad. nepalma sachai kanuni parkriya pani fitalo 6. usko life gujara hune gari aafno galti netale behornu par6.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता