दुई अध्यादेश राष्ट्रपति समक्ष

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ४ (नागरिक)- सरकारले कालोधन र अपराध नियन्त्रण गर्ने सम्पत्ति शुद्विकरण सम्बन्धी दुई कानुन अध्यादेशमार्फत ल्याउन आइतबार राष्ट्रपतिसमक्ष पेश गरेको छ। राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गरेपछि यो कानुन बन्नेछ।
 
'सुपुर्दगी र आपसि सहयोगसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रीपरिषदको निर्णय राष्ट्रपति कार्यालयमा आईतबार आएको छ' राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले नागरिकसँग भने।
अन्तराष्ट्रिय प्रतिवद्वता अनुरुप संगठित अपराध विरुद्व, सुपुर्दगी र आपसि सहयोग सम्वन्धि कानुनको विधेयक संसदमा लगिए पनि पारित हुन सकेको थिएन। तीन मध्ये दुई कानुनका लागि अध्यादेश जारी गर्नुपर्ने प्रस्ताव सरकारले राष्ट्रपतिसमक्ष लगेको छ।
संविधानसभा विघटन भएपछि यसलाई कानुनी रुप दिन अध्यादेश बाहेक अर्को विकल्प छैन। यी कानुन तयार नभए असार ४ (जुन १८) मा इटलीमा हुने फाइनान्सियल टास्क फोर्सको बैठकले नेपाललाई कालोसूचीमा राख्नेछ।
केही दिन अघिसम्म सरकार, काँग्रेस र एमाले यी कानुन जारी गर्नुपर्ने पक्षमा थिए। संविधान सभा विघटन भै दलहरु बीच असहमति बनेपछि अध्यादेश ल्याउने विषयमा दलहरु बीच सहमति बन्न सकेको छैन।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता