टिचिङमा डाक्टर केसी फेरि अनसन बस्ने

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, जेठ ४ (नागरिक)- चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगन्जमा पदाधिकारी सिफारिस गर्न गठित समितिले म्याद थपका गर्न विश्वविद्यालयले नमानेपछि आइओएमका डा.गोविन्द केसीले असार १० गतेदेखि पुनः आमरण अनसन सुरू गर्ने भएका छन्।

उनले पदाधिकारीको नाम सिफारिस गर्न गठित समितिले थप समय माग्दा नदिएर आन्दोलनलाई तुहाउँन खोजिएको भन्दै फेरि अनशन थाल्ने घोषणा गरेको बताए।

योग्यता, बरिष्ठता र दृष्टिकोणका आधारमा पदाधिकारी नियूक्ती हुनुपर्ने भन्दै जेठ १ अनसन सुरू गरेका केसीले विश्वविद्यालयले सोही आधारमा पदाधिकारी सिफारिस गर्न समिति गठन गरेपछि अनसन स्थगित गरेका थिए। त्रिविका प्राध्यापक डा.अरविन्दलाल भोमी संयोजक रहेको नाम सिफारिस समितिमा प्रा.डा.नन्दिश अधिकारी र सहप्राध्यापक तारा सापकोटा सदस्य थिए। समिति गठनपछि केसीले अनशन स्थगित गरेका थिए।

समितिलाई तीन हप्ताभित्र तीन जनाको नाम सिफारिस गर्न 'टर्म अफ रिफरेन्स' (टिओआर) तोकिएको थियो। काम सुरूपछि जेठको दोस्रोसाता झण्डै एक साताको बन्दले समयमा काम पूरा गर्न नसकिएको भन्दै समितिका सदस्यले एक साता समय थप्नका लागि जेठ १९ गते शुक्रबार नै आवेदन दिएका थिए। तोकिएअनुसार समितिले २१ गतेसम्म प्रतिवेदन बुझाउनुपर्ने थियो। संयोजक भोमीले तोकिएको समयमा काम गर्न नसकेपछि आफूहरूले समयमै निवेदन दिएको तर, म्याद थप नभएको बताए।

राम्रोसँग काम गरिरहेको समितिले एक साता पुगेन भन्दा पनि थप नगरी, आलटाल गरेर समितिलाई नै निकम्बा बनाउँने प्रयास भएको डा.केसीको भनाइ छ। 'यो आइओएमलाई राजनीतिकरणबाट मूक्त राख्न गरिएको आन्दोलनको अपमान हो', उनले भने- 'त्यो अगावै समितिको म्याद थपेर सिफारिस नभए अनशन बस्छु।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता