यूएइमा मृत्युदण्ड पाएका नेपाली बचाउन पहल

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ४ (नागरिक) - युएई सरकारद्वारा मृत्युदण्ड घोषणा भएर हाल जेलमा रहेका दार्चुलाका अमरबहादुर बमलाई बचाउन नेपाल विश्व सहयोग संघले पहल सुरु गरेको छ। संघले देशभित्र र विदेशमा समेत अमरलाई मृत्युदण्डको सजायबाट बचाउन हालै राष्ट्रपति, प्रधानमन्त्रीलाई समेत अपिल गरेको छ।

संघकै पहलमा 'सेभ अमर इन्टरनेसनल नेटवर्क' गठन गरिएको छ।

यो संस्थाले देश विदेशबाट संकलन गरिएको ५० हजार रुपैयाँ अमरकी पत्नी धनिसरा बमलाई दार्चुलामा पुगेर हस्तन्तरण गरिएको नेटवर्कका नेपाल कोअर्डिनेटर दयाराम पाण्डेले बताए। अमरलाई बचाउन संघकै पहलमा सन् १९६४ मा नोबेल पुरस्कार बिजेता चार्लस टोन्स मार्फत पहल सुरु गरिएको छ।

बैदेशिक रोजगारीमा युएई पुगेका बमलाई भारतीय मुलका शरद सेट्ठीको हत्या अभियोगमा सन् २००३ मा दुबईमा प्रहरीले पक्राउ गरेर मृत्युदण्ड सुनाएको छ। उनलाई बचाउन ब्लडमनीको रुपमा रकम आवश्यक पर्ने भएकोले संघले जुटाउन विश्वभरिका नेपालीलाई अपिल समेत गरेको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता