प्रज्ञा प्रतिपष्ठानको पुस्तक प्रदर्शनीमा उत्साह

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ४- नेपाल प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा उत्साह देखिएको छ। हरेक दिन पुस्तक अवलोकनकर्ता र बिक्री-वितरणमा वृद्धि भइरहेको पुस्तक प्रदर्शनीका संयोजक राजनकुमार कार्कीले बताए। 'प्रत्येक दिन रु ४०/५० हजारको बिक्री-वितरण भइरहेको छ', उनले भने।

गत जेठ २९ देखि यही असार ११ गतेसम्म आयोजित उक्त प्रदर्शनीमा विभिन्न विधाका करिब ३१० पुस्तक बिक्री-वितरणका लागि प्रदर्शनीमा राखिएको छ।

बिक्री-वितरणका लागि राखिएका पुस्तकमा १० देखि ६० प्रतिशतसम्म छुटको व्यवस्थासमेत छ।। प्रदर्शनीमा रु एकदेखि रु एक हजार २०० सम्म मूल्यका पुस्तक बिक्रीमा राखिएको छ।

'प्रतिष्ठानको वार्षिकोत्सव, नयाँ वर्ष वा अन्य कुनै अवसर पारेर पुस्तक प्रदर्शन गर्ने गरिएको छ, प्रदर्शनीबाट प्रतिष्ठानलाई आर्थिक लाभभन्दा पनि पाठकको मन जित्न सफल हुने विश्वास छ', उनले भने।

प्रदर्शनीमा बृहत् नेपाली शब्दकोष, इस्टोलन इमेज अफ नेपाल, लघु विश्वकोष, नेपाली कथाको इतिहास, नेपाली उपन्यासको इतिहास, लिम्बू शब्दकोष, समालोचना, इन्भेन्ट्री अफ स्टोन स्कप्चर अफ द काठमान्डु भ्यालीजस्ता विभिन्न विधाका महत्वपूर्ण र उपयोगी पुस्तकका साथै प्रज्ञा (अनुसन्धानमूलक), समकालीन साहित्य, कविता, सयपत्री (बहुभाषिक), थाय्भु (नेपाल भाषा), आँगन (मैथिली), फक्ताङ्लुङ (लिम्बू), रूपान्तरण (हिन्दी), जर्नल अफ नेप्लिज लिटरेचर, आर्ट एन्ड कल्चर (अङ्ग्रेजी) जस्ता पत्रपत्रिका पनि राखिएका छन्। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता